News Category 2073/11/04
एमाले कार्यकर्ता, कन्टेक्टर, खलासी, ब्यापारी, पान विक्रेता, गृहिणीको नाम महासंघको सदस्यमा सिफारिस गरिएकोप्रति आपत्ति
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको विवादको टुङ्गो नलागिकनै महासंघको सप्तरी शाखाका नामबाट फागुन ७ गते जिल्ला अधिवेशन हुने सूचना तत्कालिन अध्यक्ष प्रकाश खतिवडा पक्षबाट जारी गरिएकोप्रति सो भ्रममा नपर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरिएको छ ।
संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, नेपाल प्रेस सेन्टर सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ता र प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाद्वारा मंगलबार जारि संयुक्त प्रेस विज्ञप्तिमा मार्फत सो आग्रह गरिएको हो ।
जारि विज्ञप्तिमा पत्रकारमाथि परेको पीडाप्रति गम्भीर भई सिघ्र समाधानको पहल नभए श्रमजीवी पत्रकार र नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अस्तित्व र स्वाभिमान रक्षाकालागि बाध्य भई चरणवद्ध आन्दोलनमा उत्रने जनाइएको छ ।
महासंघका अध्यक्ष प्रकाश खतिवडाको कार्यशैली तथा आर्थिक हिनामिना लगायतका विषयलाई लिएर विशेष साधारणसभाले उनलाई पदमुक्त गर्दै समितिका उपाध्यक्ष श्रवण देवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको विज्ञप्ति मार्फत अवगत गराइएको छ ।
विज्ञप्तिमा सिङ्गो कार्यसमितिले गरेको निर्णयलाई बेवास्ता गर्दै अध्यक्षको जिम्मेवारीबाट मुक्त भईसकेका व्यक्तिको ईशारामा नेकपा एमालेका कार्यकर्ता, कन्टेक्टर, खलासी, ब्यापारी, पान विक्रेता, गृहिणीसमेतको ४० जनाको नामावली तयार गरी सिफारिस पठाईएको तथा केन्द्रले त्यसलाई पारित गरेकोप्रति आपत्ति प्रकट गरिएको छ ।
पत्रकार महासंघ जस्तो वौद्धिक संस्थामा वर्षौंदेखि पत्रकारितामा कलम चलाउँदैआएका पत्रकारहरुको सदस्यता नविकरण नहुनु तथा पार्टी कार्यकर्ताहरुलाई सदस्यता वितरण गर्नुले पार्टीको भातृ संगठन बनाउन लाग्नु तथा केन्द्रीय समितिले वास्तविकता नबुझ्नुले चिन्तित तुल्याएको भन्दै विज्ञप्तिमा डा. महेन्द्र विष्ट जस्ता श्रमजीवी पत्रकारको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिबाट पेशागत पत्रकारिताले प्रोत्साहन पाउनुपर्नेमा महासंघको हित विपरित कार्य गर्ने केही सिमित व्यक्तिहरुलाई प्रश्रय दिनु दुःखलाग्दो रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा महासंघको सप्तरी शाखामा सदस्यता, सदस्यता नविकरण लगायतका विषयको टुङ्गो नलगाईकन गरिने अधिवेशनले विवाद मात्र बढाउने, निकास नदिने वास्तविकतातर्फ गम्भीर हुनु आवश्यक रहेको भन्दै महासंघको विवाद समाधान गरी अविलम्व साधारणसभाको तिथि निर्धारण गर्न केन्द्रीय समितिसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ