News Category 2073/11/05
फोरम नेपालको नयाँ नेतृत्वका लागि मतगणना जारि, दिनेश यादव अगाडी
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
संघिय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।
मंगलबार साँझ सम्पन्न निर्वाचनको मतगणना कार्य अन्तरगत जिल्ला अध्यक्षमा दिनेश कुमार यादव अगाडी रहनु भएको छ । ५१ सदस्यीय नयाँ जिल्ला कार्य समितिका लागि १५ जना सदस्य यसअघि निर्विरोध निर्वाचित भइसकेका छन ।
प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार सप्तरी क्षेत्र न. १ मा दिनेश कुमार यादवले ६० मत, सुरेन्द्र यादवले १२ मत, क्षेत्र न. ५ मा दिनेशले ६१ र सुरेन्द्रले ४१ मत, क्षेत्र नं. ५ मा दिनेशले ६१ र सरेन्द्रले ४१ मत तथा क्षेत्र नं. २ मा दिनेशले १ सय १९ र सुरेन्द्रले १४ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला अधिवेशनका लागि खुल्ला तथा भुगोल तर्फ २८ वटा सीट छुट्टयाइएको छ । जस अनुसार क्षेत्र नं. १ मा ३, क्षेत्र नं. २ मा ५, क्षेत्र नं. ३ मा ६, क्षेत्र नं. ४ मा ६, क्षेत्र नं. ५ मा ४ र क्षेत्र नं. ६ मा ४ सीट छुट्टयाइएको छ ।
यस्तै जिल्लाको ६ वटै क्षेत्रहरुबाट समावेशी तथा समानुपातिकमा महिलातर्फ ८, आदिवासी जनजातीतर्फ ६ र मुश्लिमतर्फ २ सीट गरि जम्मा २२ सीट छुट्टयाइएको छ ।
यसअघि माघ २९ गते संघीय समाजवादी फोरम नेपालको प्रथम जिल्ला अधिवेशनको पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ