News Category 2073/11/05
आगलागीबाट १५ लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको पोर्ताहा गाबिस ५ मा मंगलबार साँझ आगलागी हँुदा करिब १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय चन्द्रदेव खिडहरी यादवको घरबाट अचानक सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ ।
आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी सप्तरीको तरही गाबिस ९ मा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । स्थानीय जितेन्द्र हजामको गाईको गोठबाट अचानक सल्केको आगलागीमा करिब १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यता आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रण आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ