News Category 2073/11/06
स्थानिय निकायका कर्मचारीहरु आज प्ले कार्डसहित प्रदर्शन गर्ने
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
स्थानिय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति सप्तरीले विभिन्न माँगहरु अघि सारी बिहिबार पाँचौ दिन पनि स्थानीय निकायको कामकाज ठप्प पारी धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको विभिन्न माँग तथा मुद्धाहरु सम्बोधनको लागि पहल हुनुको सट मन्त्रालयको सचिवबाट कर्मचारीहरुलाई अझै रुष्ट गराउने कार्य गरेको भन्दै फागुन ६ गते माँग सहितको नाराहरु प्लेकार्डमा राखि नगर परिक्रमा गर्ने र सो पश्चात् कोण सभा गर्ने कार्यक्रम तय गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।
स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष श्यामसुन्दर यादव, ने.न.पा. कर्मचारी इकाई समितिका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष उमेश प्रसाद यादव, गाबिस कर्मचारी संघ नेपालका केन्द्रिय सदस्य दुर्गानन्द झा, स्थानीय निकाय कर्मचारी संघ नेपालका केन्द्रिय सदस्य नवराज खड्का, गाविस कर्मचारी संघ नेपालका कावा अध्यक्ष राजेश कुमार सिंह, डिनका केन्द्रिय सदस्य खुर्सेद इकाम, ने.न.पा. कर्मचारी इकाई समिति हनुमाननगर योगिनी माईका सुजित कुमार चौधरी, सामाजिक परिचालक संजाल समितिका अध्यक्ष शिबशंकर मेहताद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सो कार्यक्रम उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनमा हालसम्म वार्ताको लागि बोलाइए पनि कुनै निष्कर्षमा नपुगेको र वार्ता निष्कर्ष बिहिन भएको हुँदा दवाव स्वरुप स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समितिको बिहिबार बसेको बैठकबाट यस्तो निर्णय गरिएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ