News Category 2073/11/09
जग्गाको लालपूर्जा माँग गर्दै मुसहरद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजबिराज, ८ फागुन ।
आफू बसोवास गर्दै आएको जग्गाको लालपूर्जा माग गर्दै सप्तरीका मुसहरहरुले आइतबार राजविराजमा प्रदर्शन गरेका छन् ।
नेपाल राष्ट्रिय मुसहर संघले मुसहरहरुको समग्र समस्या समाधानको लागि मुसहर आयोगको गठन गर्नुपर्ने माँग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
नेपाल राष्ट्रिय मुसहर संघले आइतबारै सप्तरी लगायत नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, उदयपुर, सिन्धुली, मोरड, झापा र काठमाडौंगरि १५ जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
पुस्तौंदेखि चरम गरिबीमा जीवनयापन गर्दै आएका मुसहरहरु नेपालकै सबैभन्दा बढी गरिब तथा अशिक्षित रहेको संघका जिल्ला संयोजक रामेश्वर सदाले दाबी गर्नुभएको छ ।
प्रजिअ मार्फत प्रमलाई दिइएको ज्ञापनपत्रमा मुसहर समुदायले वर्षांैदेखी घर बनाई भोग चलन गर्दै आएका जग्गाको लालपुर्जा उनीहरुकै नाममा प्रदान गर्नुपर्ने तथा मुसहर समुदायको सांस्कृतिक धरोहरको रुपमा रहेको शबरीमाता र दिनाभद्रीको नाममा रहेको जग्गामुसहर समुदायलाई उपलब्ध गराउनु पर्ने माग अघि सारिएको छ ।
आफूहरुले उठाएका मागहरुको सम्बोधन फागुन मसान्तसम्म नभए कडा आन्दोलनमा उत्रिने चेतावनी नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक सदाले जानकारी ।
मुसहर आयोग गठन गर, जनता आवासको ग्यारेन्टी गर, शैक्षिक वेरोजगारीलाई रोजगारी देउ, बसोवास रहेको जग्गाको लालपुर्जा देउ, मुसहरलाई सर्वसुलभ नागरिक्ता देउ, स्वास्थ्य व्यवस्थाको निशुल्क कार्ड देउ, उच्च शिक्षाको निशुल्क कार्ड देउ, वेदैशिक रोजगार निशुल्क गर, मुसहरलाई ऋणको व्यवस्था गर, सीपमुलक तालिमको निशुल्क व्यवस्था गर, देवता दिनाभद्रीलाई विभुति घोषणा गर र दिनाभद्रीको जग्गा फिर्ता गर लगायतका मुल नारा सहित संघले राजविराजस्थित राजरंगशालाबाट सयौको सहभागितामा निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
नेपालका २४ जिल्लामा बसोबास गरिरहेका १२ लाख मुसहर समुदाय पुस्तौदेखि चरम गरीबी, जग्गा बिहिनता, अशिक्षा, अन्याय, विभेद र अभावमा बाँचिरहेको जनाउँदै बुझाईएको ज्ञापन पत्रमा दैनिक ज्याला मजदुरी गरी आप्mनो कष्टपुर्ण जीवन बिताउँदै आएका मुसहर समुदाय महादलितको रुपमा समाजमा स्थापित र परिचित बन्न पुगेकोले अधिकांश मुसहर समुदायका ब्यक्तिहरु अझै पनि नागरिक्ता तथा जग्गा बिहिन रहेको भन्दै सरकारले त्यसको उचित व्यवस्था हुनुपर्ने माँग गरिएको छ ।
ज्ञापन पत्र बुझाए पश्चात रंगशालामा आयोजित बिरोध सभामा संघका अध्यक्ष रामेश्वर सदा, दलित अगुवा एवं दलित नेता असर्फी सदा, सचिव शिवदेव सदा, बलराम श्रषिदेव सहितकाहरुले आफुहरुको जायज माँग फागुन महिना भित्रमा पुरा नभए कडा आन्दोलनमा जाने उदघोष समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ