News Category 2073/11/09
मुद्दा मिलाई दिने भन्दै रकम असुल्ने एक महिला पक्राउ
दैनिक समाचारदाता
राजबिराज, ८ फागुन ।
दिएको रकम फिर्ता गरिदिने भन्दै रकम असुल्ने एक महिलाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ ।
सप्तरीको खोक्सर प्रबाह गाबिस वडा न. १ बस्ने ३० वर्षिया ललिता देवी साहलाई प्रहरी स्ले पक्राउ गरेको छ ।
पक्राउ परेकी साहले जिल्लाको शम्भुनाथ नगरपालिका १० बस्ने रंजिता कुमारी मण्डलको पाँच लाख रकम फिर्ता गराइ दिने भन्दै ३४ हजार ५ सय रकम लिएको प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
रंजिता कुमारी मण्डलको प्रेम सम्ब्ध भई बिबाह गर्ने सल्लाह भए बमोजिम घर परिवारबाट समेत सहमतीमा जिल्लाकै बेल्ही चपेना गाविस ४ निवासी दिपेन्द्र मण्डलले पढाई खर्चको लागी सो रकम लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी साहले बेल्हीका दिपेन्द्र मण्डलसँग पैसा फिर्ता गर्नका लागी प्रहरी कार्यालयमा केही रकम खर्च गर्नु पर्छ भन्दै पटक पटक गरी रंजितासँग ३४ हजार ५ सय रुपैया लिएकी थिइन् ।
यस्तै प्रहरीले ठगी गरेको भन्ने जाहेरीको आधारमा ललिता देवि साहलाई फागनु ६ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरी म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
यता दिपेन्द्रको घर परिबारले अन्यत्र बिबाह गरी दिएकोहुँदा रंजिताले रकम फिर्ता मांग गर्दा पनि नदिए पश्चात् जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएको प्रहरीले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय सप्तरीले दलाली प्रबृति बिरुद्ध सप्तरीका ४८ वटै प्रहरी ईकाईमा चेतनामुलक बोर्ड राखिएको तथा यस किसिमले आफुलाई कसैले ठगी गरेमा तत्काल प्रहरीलाई सुचना गर्न सम्पुर्ण सेवाग्राहीहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ