News Category 2070/06/24
बागी उम्मेदवारी दिने का“ग्रेसबाट निष्कासित
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
नेपाली काँग्रेस सप्तरीले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उम्मेदवार र उहाँका प्रस्तावक समर्थकलार्ई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ ।
पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवले बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको बुधवार बसेको बैठकले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने र प्रस्ताव समर्थकलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।
साथै बैठकले आगमी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनमा पार्टीका शुभेच्छुक तथा भातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय भएको बिज्ञप्तीमा उल्लेख छ । पार्टीका जिल्ला सभापति दिनेश यादवद्वारा जारी बिज्ञप्तीमा क–कसलाई कार्वाही गरिएको हो त्यो उल्लेख गरिएको छैन् । तर काँग्रेसले टिकट नदिएपछि आक्रोशित बन्ने काँग्रेस सप्तरीका सचिव सबुरलाल साहले क्षेत्र नम्बर ५ मा बागी उम्मेदवारी दिनुभएकाले उहाँलाई कार्वाही गरिएको काँग्रेसका एक नेताले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ