News Category 2070/06/24
बागी उम्मेदवारी दिने का“ग्रेसबाट निष्कासित
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
नेपाली काँग्रेस सप्तरीले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उम्मेदवार र उहाँका प्रस्तावक समर्थकलार्ई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ ।
पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवले बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको बुधवार बसेको बैठकले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने र प्रस्ताव समर्थकलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।
साथै बैठकले आगमी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनमा पार्टीका शुभेच्छुक तथा भातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय भएको बिज्ञप्तीमा उल्लेख छ । पार्टीका जिल्ला सभापति दिनेश यादवद्वारा जारी बिज्ञप्तीमा क–कसलाई कार्वाही गरिएको हो त्यो उल्लेख गरिएको छैन् । तर काँग्रेसले टिकट नदिएपछि आक्रोशित बन्ने काँग्रेस सप्तरीका सचिव सबुरलाल साहले क्षेत्र नम्बर ५ मा बागी उम्मेदवारी दिनुभएकाले उहाँलाई कार्वाही गरिएको काँग्रेसका एक नेताले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ