News Category 2073/11/10
मधेशी मोर्चाद्वारा वन कार्यालय प्रमुखलाई कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मधेशी मोर्चा सप्तरीले विभिन्न १० बुँदे माँगसहित सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्र सिंहले सरकारी गाडी र इन्धन आप्mनो घरायसी र ब्यक्तिगत प्रयोजनमा दिनरात प्रयोग गरी श्रोत साधनको दुरुपयोग गरिरहेको हुँदा त्यसको छानबिन गरी कार्वाही गर्नुपर्ने मागसहित ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा कार्यालय सहयोगी र अन्य कर्मचारीहरु करारमा नियुक्ति गर्दा कुनै प्रक्रिया नै पुरा नगरी आप्mनो घरमा काम गर्ने ब्यक्तिहरुलाई गोप्य रुपमा नियुक्ति गरी निजि घरमा कामकाज र हलो जोत्न राखी सरकारी बजेटको दुरुपयोग गरेको हुँदा छानबिन तथा कार्बाही गर्नुपर्ने, जिल्ला वन कार्यालयको आव २०७३÷०७४ को चालु र पुँजिगत बजेट रकमहरु कागज मात्र मिलाई नगरेको काम समेत देखाई रेन्जर लक्ष्मण साफी हस्ते पेश्की दिई आधा आधा बाड्ने शर्तमा निकासी र भुक्तानी गरी भ्रष्टाचार गरिरहेको अधिकृतहरु रहे पनि कनिष्ठ कर्मचारी साफीलाई कार्यक्रमलाई आधा रकम बाँड्ने सरकारको नीति अनुसारका कार्यक्रमलाई भ्रष्टाचार गरी असफल बनाउने षडयन्त्र गरीरहेको आरोप लगाईएको छ ।
त्यस्तै जिल्ला वन कार्यालय सप्तरीमा कार्यरत लेखापाल बाल गोविन्द साह र कार्यालय प्रमुखको भ्रष्टाचार गर्ने काम कार्यवाहीमा विरोध गर्दा सम्पुर्ण कर्मचारीलाई सरुवाको दवाव लिन सह लेखापालको नाममा खाता संंचालन गरी भ्रष्टाचार गरेको, आव २०७३÷०७४ को चालु र पुँजिगत कार्यक्रमहरुको कार्यहरु रेन्जर लक्ष्मण साफीको नाममा सम्पुर्ण रकम झिकी सो रकम ब्याजमा लगानी गरी सरकारी रकमको दुरुपयोग गरेको, राति कार्यालय बन्द रहेको अवस्थामा सिमित कर्मचारीको उपस्थिति र मिलोमतोमा गोप्य ढङ्गले कार्यालयबाट ब्लायाङ चेक काट्ने जस्ता कार्यहरु भईरहेको भन्दै सो अविलम्व रोकी दोषी कर्मचारीमाथि आवश्यक छानबिन गर्नुपर्ने माँग राखी ज्ञापन पत्र बुझाएका छन् ।
मोर्चाका संयोजक सुबी यादव र सचिव प्रभाकर सिंहद्वारा हस्ताक्षरित सो ज्ञापन पत्र वन विभाग, वन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ, ईटहरी, क्षेत्रिय वन कार्यालय विराटनगर, जिल्ला वन कार्यालय सप्तरी समेतमा बोधार्थ गरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ