News Category 2073/11/11
चुनाव घोषणा मधेशीको लागि ठूलो धोखा हो ः मधेशी मोर्चा
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
स्थानीय निकायको चुनाव पूर्व मधेशीलाई पूर्ण अधिकार सम्पन्न नबनाएसम्म मधेशको लागि ठूलो धोखा हुने मधेशी मोर्चा सप्तरीले आरोप लगाएको छ ।
मोर्चाका प्रवक्ता भगवति प्रसाद यादवले मंगलबार विज्ञप्ती प्रकाशन गरी समग्र मधेश एक स्वायत्त प्रदेश निर्माण गरी राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीको सिद्धान्त लागु हुनुपर्ने माँग गरिएको छ ।
त्यस्तै जारी विज्ञप्तीमा राज्यको संरचना पुर्ननिर्माणमा पनि जनसंख्याकै आधारमा निर्माण अथवा सिमाङ्कन गर्दा मात्र मधेशी मुक्त हुन सकिने भन्दै नभएको खण्डमा मधेशी पुन दासत्वको सिकार बन्न सकिने जनाउँदै खस समुदायले चुनाव गराएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा संविधान कार्यान्वयन भएको तथ्य पुष्टि गर्न राजनीतिक दाउँ पेच, खेल, खेलिरहेकोप्रति मधेशी मोर्चा घोर भत्सर्ना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा दर्जनौ शहिद र सयौको घाईते भईरहेको अवस्थामा घोषणा भएको संविधानमा सबै उत्पिडित जातजाती र समुदाय जलाएर खरानी बनाए पश्चात पनि ती जातजाती र समुदाय अर्थात खासगरी मधेशीमाथि जर्बजस्ती लादने काम भईरहेको उल्लेख गर्दै राज्यका सिमित ब्यक्ति र जातजातीको बर्चस्वलाई हित र संरक्षण गर्ने दस्तावेजको रुपमा रहेका २०७२ को संविधान लागु गर्ने ढोङ्ग रचि सरकारले संविधानको संशोधनको विषयलाई लिएर मधेशवादी दलहरुलाई ललीपप देखाउँदै स्थानीय निकायको चुनाव आउँदो बैशाख ३१ गते गराउने घोषणा गर्दा मधेशप्रति घोर अन्याय र षडयन्त्र गरेको भन्दै संविधान संशोधन गरेर मधेश र मधेशी मुक्त हुन सकिने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ