News Category 2073/11/11
टेम्पुको ठक्करबाट तीन विद्यार्थी घाइते
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
राजबिराज नगरपालिका ९ स्थित राजविराज कुनौली सडक खण्डमा मंगलबार दिउँसो कुनौलीबाट राजविराजतर्फ जादै गरेको मे १ ह ५१ नम्बरको टेम्पुले ठक्कर दिएर तीन बालबालिका घाइते भएका छन ।
घाइते हुनेमा स्थानीय शिव इन्टरनेशनल बोर्डिङ स्कुलका बिद्यार्थीहरु इटर्हवा ७ बस्ने ९ वर्षिय बिष्णु यादव, रामपुरामल्हनिया बस्ने १४ वर्षिय मोहमद मजेबुल मियाँ तथा इटहरीबिषनपुर बस्ने ३ वर्षिया मेनुका खातुन रहेका छन् ।
घाईतेमध्ये बिष्णु यादव र मोहमद मजेबुलको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने टेम्पुसहित चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको मधुपट्टी ९ मा बसको ठक्करबाट दुई जना घाइते भएका छन ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५४८ नम्बरको बसले मंगलबार बिहान विपरीत दिशाबाट आउँदै गरेको स ५ प ५४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सप्तरी सिस्वाबेल्ही ७ बस्ने उपेन्द्र मण्डल र पछाडी सवार उनकी पत्नी कल्पना मण्डल घाइते भएका छन । घाइते दुबै जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ