News Category 2073/11/12
विवादको समाधान गरि अधिवेशनको मिति तोक्न आग्रह
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको विद्यमान बिबादको उचित समाधान गरि अधिवेसनको मिति तोक्न महासंघ केन्द्रिय समिती समक्ष आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यावाहक अध्यक्ष श्रवणकुमार देव, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेशकुमार झा, संघिय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव र नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुरीतिबिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाद्वारा बुधबार जारि संयुक्त विज्ञप्तिमार्फत सो आग्रह गरिएको हो ।
जारि विज्ञप्तिमा नेपाल पत्रकार महसंघ सप्तरी शाखाको बिगत अढाईवर्षदेखी बिबाद रहदै आएको अवस्थामा महासंघका तात्कालिन अध्यक्ष बिरुद्ध दुई तिहाई सदस्यको समर्थनमा अबिश्वासको प्रस्ताव पास भईसकेको र बहुमत कार्यसमितीले महासंघ संचालन गरिरहेको बर्तमान अबस्थामा महासंघको केन्द्रिय समितीले पूर्वाञ्चलका जिल्ला अधिवेसन फागुन ७ गते गर्ने परिपत्र पछि सप्तरीमा स्थिती झनै बिबादास्पद बनेको उल्लेख छ ।
विज्ञिीतमा भनिएको छ, “जिल्लामा सक्रिय पत्रकारहरुको नविकरण नियतवस नगर्ने, आफुखुशी सदस्यता सिफारिस गर्ने र सृजना भएको बिबाद समाधान नगरि अधिबेसन हुन नसक्ने ठहरका साथ हामीले फागुन ७ गतेको अधिबेसन तत्काल स्थगन गर्न माग गरेका थियौं । हाम्रो आग्रह र जिल्ला शाखाका पुर्व सभापतिज्युहरुको पहल पछि केन्द्रिय समितले फागुन ७ गतेका लागि तोकेको सप्तरी शाखाको अधिवेसन स्थगित गरेको छ ।”
विज्ञप्ति मार्फत बिबाद समाधान र अधिबेसनको तिथीका लागि यस अघि पुर्व सभापतिहरुले गर्नुभएको पहलको उच्च सम्मान गर्दे थप पहल गरि अधिवेसनको वातावरण निर्माणमा पूर्व सभापतिहरुको सक्रिय भुमिकाको अपेक्षा सहित आग्रह गरिएको छ ।
साथै विज्ञप्तिमा बिबाद समाधान गरि तत्काल सप्तरी पत्रकार महासंघको अधिबेसनको तिथी तोक्न केन्द्रिय समिती उदासिनता देखाईरहे महासंघको संस्थागत सुध्रिढीकरण नै संकटमा पर्ने भएकाले यथाशिघ्र बिबाद समाधान गरि तिथी तोक्न आग्रह गर्दै लामो इतिहास र अग्रजहरुको लामो प्रयासपछि जिवन्त भएको नेपाल पत्रकार महासंघ सप्तरीको मर्यादालाई कायम राख्न संघर्षको वाटो रोज्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ