News Category 2073/11/12
विवादको समाधान गरि अधिवेशनको मिति तोक्न आग्रह
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको विद्यमान बिबादको उचित समाधान गरि अधिवेसनको मिति तोक्न महासंघ केन्द्रिय समिती समक्ष आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यावाहक अध्यक्ष श्रवणकुमार देव, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेशकुमार झा, संघिय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव र नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुरीतिबिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाद्वारा बुधबार जारि संयुक्त विज्ञप्तिमार्फत सो आग्रह गरिएको हो ।
जारि विज्ञप्तिमा नेपाल पत्रकार महसंघ सप्तरी शाखाको बिगत अढाईवर्षदेखी बिबाद रहदै आएको अवस्थामा महासंघका तात्कालिन अध्यक्ष बिरुद्ध दुई तिहाई सदस्यको समर्थनमा अबिश्वासको प्रस्ताव पास भईसकेको र बहुमत कार्यसमितीले महासंघ संचालन गरिरहेको बर्तमान अबस्थामा महासंघको केन्द्रिय समितीले पूर्वाञ्चलका जिल्ला अधिवेसन फागुन ७ गते गर्ने परिपत्र पछि सप्तरीमा स्थिती झनै बिबादास्पद बनेको उल्लेख छ ।
विज्ञिीतमा भनिएको छ, “जिल्लामा सक्रिय पत्रकारहरुको नविकरण नियतवस नगर्ने, आफुखुशी सदस्यता सिफारिस गर्ने र सृजना भएको बिबाद समाधान नगरि अधिबेसन हुन नसक्ने ठहरका साथ हामीले फागुन ७ गतेको अधिबेसन तत्काल स्थगन गर्न माग गरेका थियौं । हाम्रो आग्रह र जिल्ला शाखाका पुर्व सभापतिज्युहरुको पहल पछि केन्द्रिय समितले फागुन ७ गतेका लागि तोकेको सप्तरी शाखाको अधिवेसन स्थगित गरेको छ ।”
विज्ञप्ति मार्फत बिबाद समाधान र अधिबेसनको तिथीका लागि यस अघि पुर्व सभापतिहरुले गर्नुभएको पहलको उच्च सम्मान गर्दे थप पहल गरि अधिवेसनको वातावरण निर्माणमा पूर्व सभापतिहरुको सक्रिय भुमिकाको अपेक्षा सहित आग्रह गरिएको छ ।
साथै विज्ञप्तिमा बिबाद समाधान गरि तत्काल सप्तरी पत्रकार महासंघको अधिबेसनको तिथी तोक्न केन्द्रिय समिती उदासिनता देखाईरहे महासंघको संस्थागत सुध्रिढीकरण नै संकटमा पर्ने भएकाले यथाशिघ्र बिबाद समाधान गरि तिथी तोक्न आग्रह गर्दै लामो इतिहास र अग्रजहरुको लामो प्रयासपछि जिवन्त भएको नेपाल पत्रकार महासंघ सप्तरीको मर्यादालाई कायम राख्न संघर्षको वाटो रोज्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ