News Category 2073/11/14
स्थानीय तहको निर्वाचन अस्वीकार्य ः मोर्चा
दैनिक समाचारदाता
काठमाडौं, १३ फागुन ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको बताएको छ । साथै सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय लिने बताएको छ ।
संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा शुक्रबार बसेको बैठकले संविधान संशोधन विना वैशाख ३१ मा चुनाव घोषणा भएको भन्दै अमान्य हुने बताएको छ । साथै सशक्त आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती छन् ।
संघीय गठवन्धनमा आवद्ध मधेसी मोर्चासहितका दलले सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकले निर्णय गर्ने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमति भएको गठवन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ