News Category 2073/11/15
निष्ठावान पुराना र नयाँ काँग्रेसीलाई पाखा लगाएको आरोप
राजविराज÷सप्तरीका काँग्रेस कार्यकर्ताहरुले स्थानीय नेतृत्वले पार्टीमा आसेपासे र चाकडी गर्नेहरुलाई महत्व दिएर निष्ठावान पुराना र नयाँ काँग्रेसीलाई पाखा लगाएको आरोप लगाएका छन् । राजविराजस्थित स्थानिय निर्माण ब्यवसायी संघको सभाकक्षमा शनिबार बसेको क्रियाशील नयाँ र पुराना काँग्रेसीहरुको बृहत भेलाले सो आरोप लगाएका हुन ।
काँग्रेसका निष्ठावान यूवा समूह सप्तरीले आयोजना गरेको उक्त कार्यक्रममा पार्टी भित्र हावी हुँदै गएको गलत संस्कार र प्रवृत्तिको विरुद्धमा विगत २ महिनादेखि अभियान थालेका जनाउँदै सहभागी वक्ताले पार्टीको वर्तमान जिल्ला नेतृत्व तथा केही नेताले पार्टीलाई सहमति विपरित एकल ढंगले सञ्चालन गरेको, आसेपासे र चाकडी गर्नेलाई महत्व दिएको, नयाँ र पुराना निष्ठावान कार्यकर्तालाई पाखा लगाएको र विभिन्न विवादास्पद निर्णय गरेको भन्दै कडा आलोचना गरेका थिए ।
उनीहरुले नेतृत्व वर्गले यस्ता गतिविधी नरोके संगठीत भई त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
साताको शनिवार भेटघाट, भेला, प्रशिक्षण र संगठन सुदृढीकरणबारे बहस चलाउँदै आएका सो समूहले हिन्दुहरुको महान चाडपर्व फागु पुर्णिमा (होली) को अवसर पारेर आगामी फागुन २८ गते राजविराज १ स्थित हटियामा होली महोत्सवको आयोजना गर्ने निर्णय समेत गरेको यूवा समूहका अगुवा अनिल देवले बताउनुभयो ।
कार्यव्रmममा तरुणदलको पूर्व केन्द्रीय सदस्य शशी कुमार माझी, काँग्रेसका पूर्व सचिव राम कुमार यादव, वर्तमान जिल्ला सदस्य रामकुमार साह, वडा नं. १ का बुथ सभापति विशेश्वर साह, वडा नं. ३ का सभापति श्याम शर्मा, वडा नं. ५ का सभापति इनरदेव साह, वडा नं. ६ का सभापति जोगेन्द्र देव, वडा नं. ७ का सभापति ईश्वर प्रसाद साह, वडा नं. ८ का सभापति समिर झा र वडा नं. ९ का सभापति इन्द्रनारायण देव, क्षेत्रीय सदस्य श्याम खडगीका साथै मालती चौधरी, शत्रुधन गुप्ता, विजय चौधरी, रणधीर कर्ण, वरुण कर्ण, नसिर अहमद, राजकुमार परियार, पुनम शेखर नायर, राजकुमार दास, लच्छु परियार लगायतले स्थानीय नेतृत्व र केही नेताले चलाएको गुट उपगुट र सिण्डिकेटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन एकजुट भई दवाव श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ