News Category 2073/11/16
गृह जिल्लामै एमाले नेता नेपालको बिरोध मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप, पत्रकारसहित तीन घाईते
दैनिक समाचारदाता
रौतहट, १५ फागुन ।
रौतहट सदरमुकाम गौरमा आइतबार मधेशी मोर्चाका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झडपमा एक पत्रकार, प्रहरी जवान र सर्वसाधारण गरि तीन जना घाइते भएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो गृह जिल्ला रौतहटमा आइतबार पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन आएको खबर प्राप्त भएपछि मोर्चाका नेता कार्यकर्ताहरुले बिरोध गरेका थिए ।
सो विरोध पश्चात् सदरमुकाम गौर बिहानैदेखी तनावग्रस्त बनेको थियो । मधेशी दल सम्वद्ध कार्यकर्ताहरुले मधेश बिरोधी भन्दै एमाले नेता माधव नेपालको औपचारिक कार्यक्रममा अवरोद्ध पु¥याएपछि गौर तनावग्रस्त बनेको हो ।
नेता नेपाललाई गौर प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मध्य बजार गरुडा र वीपी चोकमा बिहानैदेखि प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले टायर बालेर मुख्य सडकमा प्रदर्शन गरेका कारण नेपाल बैकल्पिक बाटोबाट आउनु भएको थियो ।
यता नेता नेपालको बिरोध भएपछि प्रहरी र मोर्चाबीच झडप भएको छ । सो झडपका क्रममा प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान रामविनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा र स्थानीय नन्दकिशोर पटेल घाइते भएका छन् ।
यसैबीच प्रदर्शनकारीहरुले गौर ८ वासल्मकी नगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको जीपमा आगो लगाएका छन् भने अर्को गाडीको सिसा फुटाएका छन् । प्रहरीले भने एक सेल अश्रुग्यास हानेको छ ।
बिरोधका बीचमा नेता नेपालले जिल्ला प्रहरी कार्यालय अगाडी ब्यारेक फिल्डमा कार्यक्रम गर्न बाध्य भएका थिए । मोर्चाको बिरोधपछि भारी मात्रामा प्रहरीपनि तैनाथ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ