News Category 2073/11/16
गृह जिल्लामै एमाले नेता नेपालको बिरोध मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप, पत्रकारसहित तीन घाईते
दैनिक समाचारदाता
रौतहट, १५ फागुन ।
रौतहट सदरमुकाम गौरमा आइतबार मधेशी मोर्चाका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झडपमा एक पत्रकार, प्रहरी जवान र सर्वसाधारण गरि तीन जना घाइते भएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो गृह जिल्ला रौतहटमा आइतबार पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन आएको खबर प्राप्त भएपछि मोर्चाका नेता कार्यकर्ताहरुले बिरोध गरेका थिए ।
सो विरोध पश्चात् सदरमुकाम गौर बिहानैदेखी तनावग्रस्त बनेको थियो । मधेशी दल सम्वद्ध कार्यकर्ताहरुले मधेश बिरोधी भन्दै एमाले नेता माधव नेपालको औपचारिक कार्यक्रममा अवरोद्ध पु¥याएपछि गौर तनावग्रस्त बनेको हो ।
नेता नेपाललाई गौर प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मध्य बजार गरुडा र वीपी चोकमा बिहानैदेखि प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले टायर बालेर मुख्य सडकमा प्रदर्शन गरेका कारण नेपाल बैकल्पिक बाटोबाट आउनु भएको थियो ।
यता नेता नेपालको बिरोध भएपछि प्रहरी र मोर्चाबीच झडप भएको छ । सो झडपका क्रममा प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान रामविनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा र स्थानीय नन्दकिशोर पटेल घाइते भएका छन् ।
यसैबीच प्रदर्शनकारीहरुले गौर ८ वासल्मकी नगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको जीपमा आगो लगाएका छन् भने अर्को गाडीको सिसा फुटाएका छन् । प्रहरीले भने एक सेल अश्रुग्यास हानेको छ ।
बिरोधका बीचमा नेता नेपालले जिल्ला प्रहरी कार्यालय अगाडी ब्यारेक फिल्डमा कार्यक्रम गर्न बाध्य भएका थिए । मोर्चाको बिरोधपछि भारी मात्रामा प्रहरीपनि तैनाथ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ