News Category 2073/11/16
तोपामा नवयुग बचत तथा ऋण सहकारी संस्था संचालन
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
सप्तरीको तोपा गाविसमा आईतवारदेखी नवयुग बचत तथा ऋण सहकारी संस्था संचालनमा आएको छ ।
राष्ट्रिय सहकारी बैक राजविराज शाखाका संयोजक बिश्वनाथ मण्डलले उक्त सहकारी संस्थाको उद्घाटन गरेपछि उक्त संस्था संचालनमा आएको हो । उद्घाटन गर्दै संयोजक मण्डलले समाजको आर्थिक बिकासमा सहकारी संस्थाको अमुल्य योगदान रहेको चर्चा गर्नुभयो ।
सहकारीका अध्यक्ष रुपेशकुमार झाको अध्यक्षतामा समपन्न उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवीहरु बिन्देश्वर मण्डल, जगदिश मण्डल, इन्जिनयर शैलेन्द्रकुमार झा, भगवतीप्रसाद दास र पत्रकार अवधेशकुमार झा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।
संस्थाका सचिव राजकुमार दासद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष सतशिकुमार दासले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने स्थानिय युवाहरुले तिनवर्षदेखी आफैमा संकलन गरेको बचतलाई सहकारी संस्थाको माध्यमवाट सेवा बिस्तार गर्ने योजना अनुरुप संस्था स्थापना गरिएको अध्यक्ष झाले बताउनुभयो ।
संस्थाका अध्यक्ष झाले बचत संकलन, ऋण लगानी र समाजिक दायित्व अन्तरगत समाजसुधारका कार्यक्रममा समेत संस्थाले गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ