News Category 2073/11/17
सप्तरीमा तीस दल दर्ता
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये ८१ वटा दलले दल दर्ता नगराएको बताइएको छ ।
मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), थरुहट तराई पार्टी, चुरे भावर पार्टीलगायतका थुप्रै पार्टीले निधारित मितिमा दल दर्ता नगराएको कारण दल दर्ता म्याद नथपिएकाले र स्थानीय निकायमा भाग लिन नपाउने अवस्था सिर्जना भएको सो कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दल दर्ता गर्न दिएको म्यादभित्र दल दर्ता गराएका दलले मात्र स्थानीय निकाय तहको निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिँदै कार्यालयका निर्वाचन अधिकारी महेश ठाकुरले दललाई सूचना जारी गरी जानकारी दिएको बताउनुभयो ।
धेरै पार्टीको स्थानीय तहमा कार्यालय नरहेको बताउँदै उहाँले जिल्लामा कार्यालय सम्पर्कमा रहेका पार्टीलाई पत्रमार्फत र टेलिफोनमार्फत जानकारी गराएको उल्लेख गर्नुभयो ।
कार्यालयले दलको ठेगाना सम्पर्क नम्बर कार्य समिति विवरण, पार्टीको छापसहितको विवरण भरेर दल दर्ताको लागि सूचना जारी गराइएको जानकारी दिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ