News Category 2073/11/17
एमालेले सेल्फीमा रोक लगायो
दैनिक समाचारदाता
काठमाडौं, १६ फागुन ।
नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची महाकाली अभियानमा जाने स्वयंसेवकहरुका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिनुभयो । साथै दुई साता पूर्णकालीन रुपमा सहभागी हुने स्वयंसेवकहरुलाई आचारसंहिता कडाईका साथ पालना गर्न पनि निर्देशन दिनुभयो ।
मेची महाकाली अभियान सचिवालयले तयार पारेको आचारसंहितामा स्वयंसेवकहरुले सेल्फी खिच्ने कुरामा कडाई गरिएको छ । आचार संहिताको ८ औं बुँदामा भनिएको छ, ‘स्वयंसेवकहरुले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्नेमा ध्यान दिने ।’
स्वयंसेवकलाई पार्टीको तर्फबाट रातो रंगको हाफ ज्याकेट र निलो टोपी र टिसर्टको व्यवस्था गरिएको छ । यो अभियानभर पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु तराई मधेसमा जनताकै घरमा बस्ने एमालेले जनाएको छ ।
मधेसका जिल्लामा एमालेको शाख बढाउन अभियान केन्द्रित गरिने भएको छ । एमालेको यो अभियान मधेसका भित्री शहरमा केन्द्रित हुनेछ, जहाँ संविधान जारी भएदेखि एमालेले सार्वजनिक कार्यक्रम गरेको छैन । राजविराज, लाहान, महोत्तरी, गरुढा जस्ता शहरमा अभियान लिएर एमाले जान लागेको छ । मोर्चा कार्यकर्ताले भने एमालेलाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ