News Category 2073/11/18
सप्तरीमा आज स्ववियु निर्वाचन हुदैन
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
त्रिभुवन विश्वाविद्यालयले आज स्ववियु निर्वाचनको मिति तोकेपनि सप्तरी सदरमुकाम राजविराजस्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा सो निर्वाचन नहुने भएको छ ।
मधेशी विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेपछि क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यता शुक्रबार क्याम्पस प्रमुख डा. सर्वेषचन्द्र मिश्रले असहज परिस्थिति देखाएर सूचना टाँस गरि निर्वाचनको सबै कार्यक्रम स्थगित गर्नुभएको थियो । यसअघि मधेशी विद्यार्थी संगठनहरुको एक भेला गरि स्ववियु निर्वाचन नगराउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने तथा त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने जनाउँदै क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा लगाईएको तालाबन्दी गरेका थिए ।
निर्वाचनको तालिका अनुसार शनिबार मनोनय दर्ता गर्ने मिति रहेपनि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा निर्वाचनको कुनै गतिविधी हुनसकेन् ।
क्याम्पसको विभिन्न शाखाहरुमा समाजवादी विद्यार्थी फोरम, विद्यार्थी मंच, मधेशी विद्यार्थी लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फ्रन्ट, संघिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, मधेशी विद्यार्थी फोरम गणतान्त्रिक, तराई मधेशी सदभावना मंचका पदाधिकारीहरुले संयुक्त रुपमा सो तालाबन्दी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ