News Category 2073/11/18
पम्पबाटै हुन्छ पेट्रोलियम पदार्थको कालोबजारी, कालोबजारी गर्ने एक पसल संचालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
विगत केही दिन यता सप्तरीसहित पूर्वा१चलमा पेट्रोलियम पदार्थको व्यापक मात्रामा कालोबजारी भईरहेको छ ।
पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने तर बजारमा खुल्लेआम १ सय २ रुपैयाँ पर्ने पेट्रोलियम पदार्थ १ सय ५० देखि २ सयसम्म विक्रि वितरण हुने गरेको छ ।
पम्पकै संचालकहरुको मिलोमतोमा पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको पाईएको छ । मलेठ गाबिसस्थित गहिल पेट्रोल पम्पमा दिनभरी पेट्रोलको लागि लाइनमा बसेपनि बेलुकासम्म मोटरसाईकलमा पेट्रोल नपाएको तथा गेहनमा खुल्लेआम पम्पका संचालकहरुले १ सय देखि २ सयसम्म पेट्रोल दिईएको उपभोक्ताको गुनासो छ ।
ब्रहमपुर गाबिसका मोटरसाईकल चालक अर्जुन कुमार यादवले पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको आरोप लगाउनुभयो । पम्पमा मोटरसाईकल धनिलाई पेट्रोल छैन भन्ने तर रातारात पम्पबाट पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको आरोप आम उपभोक्ताहरुको रहेको छ ।
पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारीकै कारण जिल्लाको सदरमुकाम राजविराजका साथै अन्य ग्रामिण भेगहरुमा खुल्लेआम १ सय २ रुपैयाँ पर्ने अहिले दोब्बर मुल्यमा अर्थात प्रतिलिटर पेट्रोल १ सय ५० देखि २ सय सम्म पाउने गरेको उपभोक्ताहरुको आरोप रहेको छ ।
यसैबिच सप्तरीको देउरी भरुवा गाविस ४ स्थित एक किराना पसल संचालकलाई प्रहरीले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै पक्राउ गरेको छ ।
स्थानीय लक्ष्मी यादवले सञ्चालन गरेको किराना पसलमा बजारमा पेट्रोलीयम पदार्थको अभाव भएको परिस्थितीमा डिजेल तथा पेट्रोल समेत राखी तोकिएको वजार मुल्य भन्दा वढी मुल्य लिएको भन्दै पक्राउ गरेको जनाएको छ ।
प्रहरीले संचालकलाई प्रति लिटर १ सय ५० को दरले बेचविखन गरी कालो वजारी गर्दै गरेको अवस्थामा ४५ लिटर पेट्रोल र ४ लिटर डिजलसहित पक्राउ गरी कालो वजारी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि पनि प्रहरीले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै एक पसल संचालकलाई पक्राउ गरि मुद्दा दायर गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ