News Category 2073/11/19
मोर्चाले फागुन २३ गते कालो झण्डासहित प्रदर्शन गर्ने २२ गते मसाल जुलुस, २३ गते लाठी जुलुससहित चक्काजाम
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्आिन्दोलनलाई निरन्तरता दिँदै आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरिएको संयोजक यादवद्वारा जारि विज्ञप्ति मार्फत जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार फागुन १९ गतेदेखि संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको भण्डाफोर अभिायनको प्रचार प्रसार गर्ने र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार, सप्तरीका आधा दर्जन सपुतको हत्या र मधेश र मधेशीलाई होच्याउने, मधेश विरोधी विष वमन गर्ने, मधेशीलाई मधेश खोज्न युपी, विहार जा भन्ने केपी ओलीको फागुन २३ गते सप्तरी आउन लागेकोले कार्यक्रमलाई बिरोध गर्दै कालो झण्डासहित प्रर्दशन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै फागुन १९ गतेदेखि सम्पुर्ण सप्तरीवासीले विरोध स्वरुप आ–आप्mनो, घर तथा सवारी साधनहरुमा कालो झण्डा वाधी विरोध प्रदर्शन गर्ने, विभिन्न गाविस तथा प्रमुख हटिया बजारहरुमा कोण सभा सञ्चालन गरी भण्डाफोर अभियान संचालन गर्ने उल्लेख छ ।
यसैगरि फागुन २२ गते जिल्लाको प्रमुख स्थान कन्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदेवर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र फागुन २३ गते सप्तरीमा चक्का जाम गर्ने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
कार्यक्रम अनुसार फागुन २३ गते कन्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने निर्णय समेत गरिएको छ भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार तथा सप्तरीका आधा दर्जन सपुतहरुको विभत्स हत्या गरेको फोटो तथा विभत्स हत्याका ठाउँ ठाउँमा फोटो सहितको व्यानर झुण्ड्याउने कार्यक्रमहरु तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सरकारले मुलुकमा कृत्रिम अभाव सृर्जना गरी सरकारी संरक्षणमा कालोबजारी र माफियातन्त्रलाई प्रोत्साहित गरी मुलुकको अर्थतन्त्रलाई कालो बजारिकरण गर्ने कार्यहरुको मोर्चा घोर विरोध एवं भत्र्सना गर्दै अविलम्व पेट्रोलियम पदार्थको सहज आपुर्ति गरी कालावजारी रोक्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ