News Category 2070/06/26
साझा प्रकाशनको मूख्य शाखा कार्यालयको उद्घाटन
दैनिक संवाददाता
राजविराज, २५ असोज ।
साझा प्रकाशनको मूख्य शाखा कार्यालय राजविराजको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले सो भवनको उद्घाटन गर्नुभएको हो ।
दुई वर्ष अघि शिलान्यास भएको उक्त चार तल्ले भवनमा कार्यालय, पुस्तकालय, सभाकक्ष र निवाससहितको भवन एक करोड २५ लाखको लागतमा निर्माण गरिएको साझा प्रकाशन राजविराजका प्रमुख मनोजकुमार माझीले जानकारी दिनुभयो ।
नवनिर्मित भवनमा शुक्रबारदेखि कार्यालय सारिएको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको साझा प्रकाशनले आफ्नै भवनको निर्माण कार्य पूरा गरिएपछि कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।
राजविराजमा साझाको आफ्नै भवन निर्माण गराउनमा अध्यक्ष झाको अमूल्य योगदान रहेको भन्दै स्थानीय नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले अध्यक्ष झालाई कदर पत्रबाट सम्मान गर्नुभयो । साझाको भवन निर्माणकालागि जग्गा दिने राजविराज नगरपालिका, निर्माणमा सहयोग पु¥याएका नगरपालिकाका प्राविधिक राजकुमार देव, सत्यजीतकुमार सिंह, दिलीपकुमार सरबरियालाई कदर पत्र दिई सम्मान गरियो ।
उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री अनिस अन्सारी, सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, साहित्यकारद्वय देवेन्द्र मिश्र र नन्दलाल आचार्य, करुणा झा, सतिशकुमार दत्तलगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ