News Category 2070/06/26
साझा प्रकाशनको मूख्य शाखा कार्यालयको उद्घाटन
दैनिक संवाददाता
राजविराज, २५ असोज ।
साझा प्रकाशनको मूख्य शाखा कार्यालय राजविराजको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले सो भवनको उद्घाटन गर्नुभएको हो ।
दुई वर्ष अघि शिलान्यास भएको उक्त चार तल्ले भवनमा कार्यालय, पुस्तकालय, सभाकक्ष र निवाससहितको भवन एक करोड २५ लाखको लागतमा निर्माण गरिएको साझा प्रकाशन राजविराजका प्रमुख मनोजकुमार माझीले जानकारी दिनुभयो ।
नवनिर्मित भवनमा शुक्रबारदेखि कार्यालय सारिएको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको साझा प्रकाशनले आफ्नै भवनको निर्माण कार्य पूरा गरिएपछि कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।
राजविराजमा साझाको आफ्नै भवन निर्माण गराउनमा अध्यक्ष झाको अमूल्य योगदान रहेको भन्दै स्थानीय नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले अध्यक्ष झालाई कदर पत्रबाट सम्मान गर्नुभयो । साझाको भवन निर्माणकालागि जग्गा दिने राजविराज नगरपालिका, निर्माणमा सहयोग पु¥याएका नगरपालिकाका प्राविधिक राजकुमार देव, सत्यजीतकुमार सिंह, दिलीपकुमार सरबरियालाई कदर पत्र दिई सम्मान गरियो ।
उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री अनिस अन्सारी, सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, साहित्यकारद्वय देवेन्द्र मिश्र र नन्दलाल आचार्य, करुणा झा, सतिशकुमार दत्तलगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ