News Category 2073/11/19
राजविराजस्थित एक निजि विद्यालयमा पुनःबम फेला
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरी सदरमुकाम राजविराज वडा नं. ५ स्थित लक्ष्मी बार्डिङ स्कुलमा बुधबार बिहान पुनःएक सकेट बम फेला परेको छ ।
एक दिन नबित्दै राजविराजको अर्को एक निजि विद्यालयमा सकेट बम फेला परेको हो । यसअघि मंगलबार मात्र राजविराज ९ स्थित राजदेवी सडक छेउमा पिसजोन बोर्डिङ नजिकै पनि सकेट बम फेला परेको थियो ।
बोर्डिङ स्कुलको मेन गेट अगाडी नै सो बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
स्कुल खुल्ने समयमा मेन गेटमै बम फेला परेपछि स्कुलका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । विद्यार्थीहरु बाहिरबाटै र फर्किन बाध्य भएका थिए ।
बमका साथै एक दशकदेखी सशस्त्र द्वन्द्वमा रहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत फेला परेको छ । यता राजविराजस्थित श्रीकृष्ण दल गणका सेनाका बम डिस्पोजल टोली बमलाई स्थानिय रंगशालामा लगेर डिस्पोज गरेको थियो ।
एक महिना अघि राजविराजस्थित मेनरोडमा एक व्यक्तिको घरमा गोइत समूहले नै समेत सकेट बम राखेका थिए भने दुई महिना पहिला जिल्ला प्रशासन कार्यालय सप्तरीमै प्रेसर कुकर बम फेला परेको थियो । सो बम निस्कृय पार्न खोज्दा चार सुरक्षाकर्मी घाइते समेत भएका थिए । यता प्रहरीले प्रशासन कार्यालयमा बम राख्ने केही व्यक्तिलाई पक्राउ समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ