News Category 2073/11/19
दृष्टिबिहीन परिवारका चार जना बालिकालाई निःशुल्क शिक्षा
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको गम्हरिया प्रवाहा गाविसका पाँच जना दृष्टिबिहीन रहेका परिवारका चार जना बालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएका छन् भने लालनपालन पनि निःशुल्क नै हुने भएको छ ।
सप्तरी युथ नेपालले पहल गरेर दृष्टिबिहीन परिवारका चार जना बालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको छ ।
दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ बर्षीया छोरी रंजना, १० बर्षीया छोरी सन्तोषी, शिबनारायण मण्डलकी १३ बर्षीया छोरी राधाकुमारी र लक्ष्मण मण्डलकी १० बर्षीया छोरी नितुकुमारीलाई उक्त बाल आश्रय स्थलमा राखेर निःशुल्क लालनपोषण र शिक्षा दिइनेछ ।
दृष्टिबिहीन शम्भु मण्डल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, बाल अधिकृत पुनम चौधरी, सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देव, उपाध्यक्ष मोहन यादव, सचिव आयुष श्रेष्ठ, संचारकर्मी सुधा देव, राजविराज नगरपालिकाकी कल्पना देवसहितकाले ती चार जना बालिकालाई बुधबार त्यसतर्फ विदाई गरिएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।
बीरगंजका युवा रमेश साहको अगुवाईमा र सप्तरी युथ नेपालको पहलमा ती बालिकालाई शिक्षा र लालनपालनको व्यवस्था मिलाइएको जनाइएको छ । महिला तथा बालबालिका कार्यालयबाट हुने प्रकृया मिलाएर उनीहरुलाई बाल आश्रयस्थलतर्फ पठाइएको हो ।
यसअघि ती दृष्टिबिहीन परिवारलाई सप्तरी युथ नेपालले कम्बल, नगद तथा बिभिन्न संघ–संस्थाद्वारा राहत समेत प्रदान गरिसकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ