News Category 2073/11/20
शैक्षिक संघसंस्थाद्वारा विद्यालयमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन माँग
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
श्रृखलाबध रुपमा विद्यालयहरुमा बम राख्ने कार्य भईरहेकोले भयरहित वातावरणमा विद्यालय संचालन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने लगायतका विभिन्न सात बुँदे माँगहरु अघि सारी प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले जिल्ला शिक्षा अधिकारी समक्ष बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
बुझाईएको ज्ञापन पत्रमा एसईई परीक्षाका लागि केन्द्राध्यक्ष चयन गर्दा निजी विद्यालयहरुलाई पनि प्रतिशतको आधारमा केन्द्राध्यक्ष चयन गर्नुपर्ने, निजी विद्यालयका शिक्षकहरुलाई पनि विगत झै जिल्लाका सम्पुर्ण केन्द्रमा निरीक्षकमा सहभागि गराउनुपर्ने तथा निजी विद्यालयका शिक्षकहरुलाई पनि एसईईको उत्तर पुस्तिकाको परिक्षणमा संलग्न गराउनुपर्ने, एसईई परीक्षा मर्यादित गर्ने उद्देश्यले अनुगमनमा निजी विद्यालयका छाता संगठनहरुलाई पनि सहभागि गराउनुपर्ने माँग अघि सारी जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे समक्ष ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै बिना अनुमति संचालनमा रहेका तथाकथित विद्यालयहरुलाई नियमानुसार नियमित गर्नुपर्ने, अन्यथा बन्द गर्नुपर्ने, जिल्ला शिक्षा समितिमा निजी विद्यालयका छाता संगठनहरुलाई समितिमा राख्नुपर्ने तथा कक्षा अपग्रेड प्रक्रिया सुलभ हुनुपर्ने लगायतका माँग अघि सार्दै ज्ञापन पत्र बुझाइएको हो ।
प्याब्सन सप्तरीका अध्यक्ष पंचदेव यादव, नेशनल प्याब्सनका अध्यक्ष बौकु साह र नेपाल प्याब्सनका अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा बुझाईएको ज्ञापन पत्रमा देशको सर्वाङ्गिण विकासमा संस्थागत शैक्षिक संस्थाहरुले जटिल परिस्थितिमा पनि आप्mनो क्षेत्रमा गुणत्मक शिक्षा तथा देशको शैक्षिक स्तर उकासनका लागि अग्रणी भुमिका निर्वाह गर्दै आएको परिपेक्षमा उपेक्षित व्यवहारको भान भएको हुँदा संस्थागत विद्यालयहरुको छाता संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ