News Category 2073/11/21
एमालेद्वारा घटनाको भत्र्सना
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
नेकपा एमाले सप्तरीले आफ्ना नेताहरुलाई मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कालोमसो र लुटपाटको घटनाप्रति भत्र्सना गरेको छ ।
जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने शुक्रबार एक विज्ञप्ति जारि गर्दै जिल्ला कमिटी सचिव शम्भु यादव र उपसचिव प्रताप नारायण चौधरीलाई लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शुक्रबार दुब्र्यबबहार गरेको प्रति भत्र्सना गर्दै आपत्ति जनाउनु भएको छ ।
मोर्चा कार्यकर्ताले चौधरीलाई राजनीति नगर्न र एमाले परित्याग गर्न चेतावनी दिदै भौतिक आक्रमण गर्ने धम्कि समेत दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै विज्ञप्तिमा शुक्रबारै दिको १ बजे डेराबाट एमाले पार्टी कार्यालय तर्फ जादै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा रहेको पार्टी दस्तावेज र १४ हजार ३ सय नगद लुटेको दाबी गर्दै मोर्चा कार्यकर्ताले शुक्रबारै सचिव शम्भु यादवको नर्घो ८ स्थित घरमा गई पत्नि इन्दू यादव लाई धम्कि दिदै घरमा आगो लगाईदिने चेतावनी समेत दिएको जनाइएको छ ।
विज्ञप्तिमा कसैको आस्था माथी धावा बोल्ने, शान्तिपूर्ण गतिबिधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्कि समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको एमालेले महशुस गरेको जनाउँदै कसैको आस्थामाथि धावा बोल्ने कार्य र राजनैतिक दलको गतिबिधिलाई रोक लगाउन खोज्ने कार्यलाई कदापी लोकतान्त्रिक मान्न नसकिने जनाइएको छ ।
साथै विज्ञप्तिमा पार्टीले गर्ने शान्तिपूर्ण गतिबिधीलाई बाधा नगर्न आग्रह गर्दै पार्टी जस्तो सुकै निरंकुशताको बिरुद्ध लडदै आएको र शालिनतालाई कमजोरी नठान्न चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा बाटो छेकेर कालोमोसो दल्ने, ज्यानमार्ने धम्कि दिने र दुब्यबहार गर्ने र नगद समेत लुटेर लाने कार्य आपराधिक कार्य भएको ठहर गर्दे यस्तो कार्य रोक्न र दोषिलाई कारवाही गर्न स्थानीय प्रशासनसँग जोडदार माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ