News Category 2073/11/21
सुरक्षा व्यवस्थाका लागि अत्यन्त गम्भिर छु ः प्रजिअ तिमिल्सेना
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उद्वव प्रसाद तिमिल्सेनाले जिल्लाको सुरक्षाका लागि प्रशासन अत्यन्त गम्भिर रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ तिमल्सेनाले एमालेको मेचिमहाकाली अभियानप्रति मधेशी मोर्चाले गर्दै आएको बिरोधका कारण कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाप्रति अत्यन्त गम्भिर भएको बताउनुभयो ।
उहाँले जिल्लाको सुरक्षाका लागि छिमेकी जिल्लाहरुबाट समेत सुरक्षाकर्मीहरु खटाइएको जानकारी दिनुभयो ।
पज्ञकार भेटघाटमा प्रजिअ तिमिल्सेनाले जिल्लाको समग्र विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै विशेषगरि जिल्लामा संसदीय विकास कोषको बजेटबाट भइरहेको कामहरुको अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लामा हुने गरेको विकासीय कार्यहरुको अनुगमन फितलो र विभागबाट आउने टोलीले समेत गम्भिर नभएर गर्ने अनुगमनका कारण जिल्लाको विकासीय बजेटहरु फ्रिज हुने गरेको आरोप समेत लगाउनुभयो ।
यस्तै हाल जिल्लामा पेट्रोलियम पदार्थको कृतिम अभावलाई चाडै सहज बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ