News Category 2073/11/22
साहित्यकार रेणुको भूमिकालाई कदापि बिर्सन सकिन्न् ः वरिष्ठ राजनीतिज्ञ मण्डल
राजविराज÷हिन्दीका अभियन्ता एवं वरिष्ठ राजनीतिज्ञ खुशीलाल मंडलले नेपाली क्रान्तिमा सहयोगी रहेका हिन्दीका साहित्यकार फणिश्वरनाथ रेणुको भूमिकालाई कदापि विर्सन नसकिने बताउनु भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठान सप्तरीद्वारा शनिवार राजविराजमा कथाशिल्पी फणिश्वरनाथ रेणुको जन्मजयन्तीको अवसरमा आयोजित बहुभाषिक साहित्यिक गोष्ठीमा वरिष्ठ राजनीतिज्ञ मंडलले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मंडलले रेणु नेपालको मुक्ति सेनामा समेत शरीक भएर राणा विरुद्ध लडेको स्मरण गर्दै रेणुको सान्निध्य राजनीतिज्ञ विपि कोइरालासँग रहेको बताउनु भएको छ ।
उहाँले भाषाले सबैलाई जोड्ने भएकाले भाषाका आधारमा विषमता कदापि ल्याउन नहुने रेणु हिन्दीका अतिरिक्त नेपाली र बंगला भाषा फर्र बोल्ने जानकार रहेको बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कुमार अनलले नेपाली स्वतन्त्रता संग्राममा रेणुको भूमिका अविस्मरणीय रहेको चर्चा गर्दै रेणुको नेपालसँगको सम्बन्ध प्रगढ रहेको बताउनु भयो । उहाँले रेणुले भारतलाई आमा र नेपाललाई सानी आमा भन्न रुचाउनु हुने चर्चा गर्नु भयो ।
सोही कार्यक्रममा मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाले हरेक भाषा आफैंमा महात्वपूर्ण हुने चर्चा गर्दै भाषाका आधारमा कदापि विभेद गरिन नहुने जिकिर गर्नु भयो ।
उक्त कार्यक्रममा सगरमाथा साहित्य परिषदका अध्यक्ष मनोहर कुमार पोखरेलले भाषा अभिव्यक्तिको माध्यम भएकाले कुनै पनि भाषासँग विभेद गर्न नहुने बताउँदै साहित्यले समाजको यथार्थ वर्णन गर्ने सशक्त माध्यम भएको बताउनु भयो ।
प्रतिष्ठान सप्तरीका अध्यक्ष डा. अवध किशोर सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव सुरेन्द्र गुप्ता, पत्रकार श्यामसुन्दर यादव सहितका वक्ताले रेणुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो । सो कार्यक्रममा अनिल कुमार अनल (हिन्दी), शिव नारायण परिचार (हिन्दी), सुरेन्द्र प्रसाद गुप्ता (हिन्दी), मनोहर पोखरेल (हिन्दी र नेपाली), ललिता साह (हिन्दी), सत्येन्द्रनाथ चौधरी (मैथिली), श्यामसुन्दर यादव (मैथिली), दिनानाथ यादव (मैथिली) र भुपेन्द्र नारायण मंडल (मैथिली) ले आ–आफ्ना कविता वाचन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ