News Category 2073/11/23
ओलीको अभिव्यक्तिका कारण मधेशी आक्रोशित ः बौद्धिक समाज
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बौद्धिक समाज सप्तरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेश, आदिवासी, जनजाति, दलित, विरोधी अभिब्यक्ति र कृयाकलाप दिएकै कारण मधेशी समुदाय आक्रोशित रहेको बताएको छ ।
बौद्धिक समाजले आइतबार एक विज्ञप्ति जारि गर्दै मधेशी जनता अक्रोसित भएको अवस्थामा एमालेको कथित मेची महाकाली अभियान सम्पूर्ण तराई मधेशमा तरंग उत्पन्न भई झडपको अवस्था सृजना उत्पन्न भएको जनाएको छ ।
विज्ञप्तिमा जनताको बलिदानबाट स्थापित संघीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक, गणतान्त्रिक संविधानलाई परिवर्तन विरोधी तत्वले चुनौती दिइरहेको वखत आफुलाई माक्र्स र लेनीनका अनुयायी, गरीबका हितैषी भनाउदा र परिवर्तनकारी बताउनेहरुले संविधानमा रहेको भेदभाव प्रावधान हटाई शोषित पीडित जनताको पक्षमा उभिने बखत शक्तिको दम्भ र शासनको बलमा मेची महाकाली अभियानले द्वन्द उत्पन्न गर्ने जनाएको छ । एमाले नेतृत्व पंक्ति पुनरविचार गरी र सरकारले त्यसलाई मद्दत गर्नुको साटो संयमित बनाउन र अधिकार प्राप्तिको लागी संघर्षरत समुदायसंग संयमित हुन विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।
जारि विज्ञप्तिमा भनिएको छ, “संघीय राज्यप्रणालीमा स्थानीय निकाय सम्बन्धित राज्य (प्रदेश) को मातहत रहने विश्वभरी संवैधानिक मानताको व्यवस्था रहेको छ । तर नेपालमा शाहकाल, पंचायतकाल संसदीय व्यवस्थादेखि गणातांत्रिक व्यवस्था सम्म राज्यका सबै सन्दर्भमा एकल जातीय एकाधिकार कायम गरीराखेका नेतृत्व वर्गद्वारा बहुमतको नाउमा मधेशी, जनजाती, आदिवासी, दलित विरोधी विवादित संविधान जारी गरेपछि तराई मधेशका जनतादेिख हिमाल, पहाडका आदिवासी, जनजाति, दलित नश्लवादी संविधानको विरोध गरीरहेकै वखत प्रचण्ड नेतृत्वको सरकार मधेशवादी दलसंग गरेको लिखित सम्झौता एकपटक फेरी लत्याई स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरेपछि देश द्वन्दात्मक अवस्थामा पुगेको छ ।”
विज्ञप्तिमा सत्तासीन समुदायद्वारा स्थानीय निकायको चुनाव नभए संविधान विफल भई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि खतरा उत्पन्न हुन भ्रम फैलाई देशवासीलाई आतंकित गरी महेन्द्रवादी राष्ट्रवादको पुनरावृत्ति गरिरहेको आरोप लगाएको छ । यस्तै विज्ञप्तिमा संघीय संसद र प्रदेशसभाको समय सीमा भित्र चुनाव हुन नसके पछि मात्र संवैधानिक संकट उत्पन्न हुन सक्ने जनाउँदै २०७४ साल माघ २४ गते पछि स्थानीय निकायको चुनाव भएपनि फरक नपर्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ