News Category 2073/11/25
प्रहरीको गोली लागि मृत्यु भएकालाई सहिद घोषणा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने माँग गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो माँग गर्दै सोमबार सप्तरीमा नेकपा एमालेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको गोलीबाट मारिएका तीनै जनाका परिवारलाई राहत तथा पीडित परिवारका एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने माँग गरिएको छ ।
त्यस्तै घाइते भएकाहरुको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने र घाइतेहरुको तत्कालै उपचारको ब्यवस्था मिलाउनुपर्ने माँग गरिएको छ । त्यस्तै यस दुःखद घटनाको उच्च स्तरीय समावेसी न्यायीक छानबिन आयोग गठन गरी सो मार्फत छानबिन गराई दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने माँग गरिएको छ ।
यसैगरि सप्तरीस्थित सिडिओ, नेपाल प्रहरीका एसपी र डिएसपी, सशस्त्र प्रहरीका एसपीको निलम्बन, परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने र उद्योगविहिन गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बल्ल तल्ल उद्योग सञ्चालन गर्न सुरु भएको अवस्थामा औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रमको आयोजना गर्न अनुमति दिनेमाथि कारबाही समेत गर्न माग गरिएको छ ।
त्यस्तै मोर्चाले सप्तरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, यातायात, उद्योग ब्यवसायसहित अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको हुँदा यसमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्दै मोर्चाका कार्यकर्ता लगायत जिल्लाका सम्पूर्ण पक्षलाई यस संघर्षमा सहयोग गर्न तथा नेकपा एमालेका समर्थकहरुलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आब्हान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ