News Category 2073/11/25
शान्ति समितिको कार्यालयमा आगजनी, मानव अधिकार आयोगको गाडी तोडफोड, भारदहको प्रहरी र कदमाहाको ट्राफिक चेक पोष्टमा आगजनी
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित स्थानिय शान्ति समिति सप्तरीको कार्यालयमा आगजनी गरेका छन् ।
राजविराज ६ मा रहेको भाडाको घरमा रहेको सो कार्यालयमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् ।
यस्तै मोर्चाका कार्यकर्ताहरुले मंगलबार भारदहस्थित प्रहरी बीटमा आगजनी गरेका छन् । यद्दपी सो प्रहरी बीट खाली रहेको थियो । यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत कदमाहाको ट्राफिक प्रहरी चेक पोष्टमा समेत आगजनी गरेका छ ।
यस्तै मोर्चाका कार्यकर्ताहरुले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकम कार्यालयमा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट राजविराज नगरपालिका कार्यालयको झ्यालका सम्पूर्ण सिसाहरु फुटेका छन् ।
यसैगरि मोर्चाका कार्यकर्ताहरुले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् ।
अक्रोसित मोर्चाका कार्यकर्ताहरुले सोमबार प्रहरीले गोली चलाउँदा राष्ट्रिय मानव अधिकार आयोगका टोली मुकदर्शक भएको हेरिरहेको भन्दै बा. ७ च. ७४७३ नम्बरको गाडी तोडिफोड गरेका हुन् ।
ढुङ्गा प्रहारबाट चालक अनियन्त्रित भएपछि गाडी खानेपानीको धाराको पर्खालमा ठोकिएको थियो । यता आयोगमा पाँच जना सदस्य यसअघि नै गाडीबाट ओर्लिसकेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ