News Category 2073/11/25
मानवअधिकार विरुद्धको जघन्य अपराध ः हिमराईटस् घटना नदोह¥याउन सम्बन्धित पक्षलाई खबरदारी
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
हिमराईटस्ले सप्तरीको घटना मानवअधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माँग गरेको छ ।
हिमराईटसका अध्यक्ष अन्जना शाक्यले मंगलबार विज्ञप्ती प्रकाशन गरी सो माँग गर्दै नेकपा एमालेद्धारा मेची महाकाली अभियानको क्रममा सप्तरीमा तीन जनाको हत्या तथा दर्जनौ घाईते भएकोप्रति गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा आ–आफना माँगहरुलाई शान्तिपुर्ण तवरले समाधान गर्नको निम्ति सबैपक्षले गम्भिरतापुर्वक सोच्नुपर्ने जरुरी रहेको भन्दै शान्तिपुर्ण तवरले कुनैपनि समुहले गर्न खोजेको कार्यक्रम तथा सभालाई लोकतान्त्रिक ढंगले गरिएको विरोध कार्यक्रमलाई हिमराईटसले सधै सम्मान गरेको जनाएको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुबाट पनि संयमतापुर्व जिम्मेवार ढंगले आप्mनो कर्तव्य निभाउन अनुरोध समेत गरिएको छ ।
साथै हिमराईटसले पुर्ण मानवअधिकार रक्षाको लागि सम्ब्न्धित सबै पक्षसँग आग्रह गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सप्तरीमा भएको घटनाको निष्पक्ष छानविन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितहरुको लागि उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माँग गरिएको छ ।
त्यस्तै मानवअधिकार तथा शान्ति समाज पर्सा बिरगंजका सभापति अमर गौतमले विज्ञप्ती प्रकाशन गरी प्रहरीले सर्वसाधारण जनतामाथि गरेको गोली प्रहारबाट तीन जनाको मृत्यु तथा दर्जनौ घाईते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तीमा जनताको सम्मानपुर्वक जिउन पाउने नैसर्गिक अधिकारको संरक्षण गर्ने जिम्मेवारी सरकारको भएकाले वार्ता र सहमतिबाट नै समस्याको समाधान गर्न सरोकारबाला पक्षसँग माँग गरिएको छ ।
यस्तै विभिन्न मानवअधिकार संघ संगठनहरुले प्रहरीको गोलीबाट मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतकहरुलाई शहिद घोषणा, दोषीलाई पहिचान गरी कडा कानुनी कार्बाहीको जोडदार माँग गरेका छन् ।
गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, मानवअधिकार तथा जनवकालत केन्द्र हुपेकका अध्यक्ष धर्मेन्द प्रसाद यादव, मानवअधिकार तथा सामुदायिक विकास प्रतिष्ठान हुकोडन नेपालका अध्यक्ष सुरेन्द्र प्रसाद यादव र डब्लुएचआरका अध्यक्ष अनिता देवकोटाले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी नेपाल सरकारले प्रहरी प्रशासनबाट गराईएको उक्त घटना मानवअधिकारको घोर उल्लंन भएको पुष्टि गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा घटनाको घोर भत्सर्ना गर्दै पुनः यस्तो घटना नदोह¥याउन सम्बन्धित पक्षलाई खबरदारी समेत गराएको छ ।
सप्तरीमा प्रहरीले निमर्मत तरीकाबाट गरिएको हत्याको विभिन्न संघ संस्थाहरुले भत्सर्ना गरेको छ ।
त्यसैगरि मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल सप्तरीका अध्यक्ष पुण्य प्रसाद यादवले एक विज्ञप्ती प्रकाशन गरी सप्तरीमा प्रहरीले गरेको निमर्म घटनाले मानवअधिकारको ठाडो उल्लघंन भएको ठहर गरेको छ ।
जारि विज्ञप्तिमा ठूला राजनीतिक दल तथा स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुका साथै सो घटनाको उच्चस्तरीय छानविन आयोगद्वारा छानविन गरी गोली हान्न आदेश दिने मालिक र ज्यान लिने दोषी प्रहरीमाथि अविलम्व कडा भन्दा कडा कार्वाही गर्नुपर्ने तथा घाईतेहरुको औषधि उपचार लगायत आवश्य सहयोग प्रदान गर्नुुपर्ने माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ