News Category 2073/11/26
एउटा गाउँका तीनको मृत्युपछि मलेठ शोकाकुल
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको बसबिट्टी गाविसस्थित औद्योगिक क्षेत्रमा एमालेको मेचीमहाकाली अभियान अन्तरगत प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सोमबार जिल्लाको मलेठ गाविसमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका चारैजनाको परिवार शोकाकुल छन् ।
ती चार मध्ये तीन जना जिल्लाको मलेठ गाविस कै रहेका छन् । जसकारण अहिले सिङ्गो मलेठ गाविस अचानक आएको विपत्ले स्तब्ध छ । हाल मृतक चारैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ ।
हिन्दु परम्परा अनुसार मृतकको अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन । तर, अहिले मृतकको घरमा मात्र नभएर उनीहरुको छिमेकीहरु समेतले चुलो बालेका छैनन् । प्रहरीले गोली चलाउन थालेपछि भाग्ने क्रममा पछाडिबाट टाउकोमा गोली लागेर घटनास्थलमै ज्यान गुमाएका मलेठ २ का सञ्जन मेहताको घर अगाडी नै पान पसल रहेको छ । उनी कुनै दलमा सक्रिय थिएनन् ।
यस्तै मलेठ ४ का ५० वर्षीय पिताम्बर मण्डल पनि कुनै पार्टीमा आवद्ध थिएनन् । उनी घरमा रंगरोगन गर्ने मजदुर थिए । यस्तै मलेठ २ का ३२ वर्षीय विरेन्द्र मेहता पनि कुनै पार्टीमा आवद्ध नरहे पनि आन्दोलनका क्रममा प्रहरी चलाएको गोली उनको पेटमा लागेको थियो । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घर नजिकै रहेको सडकमा निस्केका थिए । अचानक प्रहरीको गोली पेटमा लाग्यो र उनी ढले ।
यसैगरि सप्तरीको प्रसवनी स्थायी घर भई राजविराज ९ मा बस्दै आएका आनन्द साह स्वास्थ्यकर्मी थिए । उनी सोही दिन जिल्लाको डीमन गाविसस्थित स्वास्थ्य चौकीबाट काम सकेर राजविराज फर्कने क्रममा थिए । उनी उक्त स्वास्थ्य चौकीका सिनियर अहेव थिए । साह सोमबार पोलियो खोप पु¥याएर राजविराज फर्किने क्रममै थिए, मोटरसाइकलमै रहेको अवस्थामा उनको छातीमा गोली लागेको थियो । पिताम्बर र आनन्दको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा सोमबार राति मृत्यु भएको थियो ।
मृतकमध्ये सञ्जन मेहता र पिताम्बर मण्डलको पारिवारिक स्थिति निकै नाजुक छ । १० धुर ऐलानी जग्गामा जस्ताको झुप्रो बनाएर बस्दैआएका मण्डलका पाँच सन्तान छन् । ऋण काढेर जसोतसो छोरीहरूको बिहे गरेका मण्डलका दुई छोरा बेरोजगार छन् । मण्डलकी पत्नी सोमनदेवीले मंगलबार रुँदै भनिन, ‘हाम्रो संसार नै उजाडियो, उहाँ एक्लो घरका रोजगार व्यक्ति थिए ।’ ७५ वर्षीय मण्डलका बाबु गोसाईले आँसु झार्दै भने, ‘घर अगाडिको सडकमा निस्किएकै कारण छोराले ज्यान गुमाउनुपर्छ भनेर साचेको पनि थिइनँ ।’
त्यस्तै, सञ्जनकी श्रीमती बिहे गरेको नौ महिनामै विधवा भएकी छिन् । सोमबार प्रहरीको गोली लागेर सञ्जनको मृत्यु भएपछि उनको संसारै उजाडिएको छ । घटनापछि बेहोस् भएकी सबिताको हाल विराटनगरस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, भाइको मृत्युको खबरले सञ्जनका दाजु रञ्जन हृदयघात भई विराटनगरको एक अस्पतालमा भर्ना भएका छन् । गाउँको पान पसलमा सघाउँदै आएका सञ्जनको मृत्युपछि उनकी आमा पटक–पटक मुर्छित हुने गरेकी छन् ।
पाँच वर्षमुनिका बालबालिकाका लागि पोलियो खोप पु¥याएर घर फर्किरहेका आनन्द साह घरसम्म पुग्न सकेनन् । मिलनसार स्वभावका साहले घटना हुनु अगाडि श्रीमती अनितासँग मोबाइलमा कुराकानी गर्दै तुरुन्त घर आउँदैछु भनेका थिए । तर, केही छिनमै अनिताले आफ्ना पति मरेको खबर सुन्नु पर्यो ।
शिक्षक युनियन सप्तरीका पूर्वअध्यक्ष नारायण साहका छोरा आनन्दका एक श्रीमतीसँगै दुई छोरा छन् । जेठो छोरा अभिशेख ११ कक्षा र कान्छो अनुज ७ कक्षामा अध्ययनरत छन् । उनको मृत्युपछि परिवारमा रुवाबासी छ ।
यस्तै बिरेन्द्र महतोको घरको अवस्था पनि नाजुक नै रहेको छ । उनको श्रीमती र दुई छोरी छिन् । उनी पनि घरको एक्लो कमाउने व्यक्ति थिए । उनी खेतीपाती गदर्थे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ