News Category 2073/11/26
कानुन व्यवसायीले आज एमालेका शिर्ष नेताबिरुद्ध मुद्दा हाल्दै
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीका कानुन व्यवसायीहरुको बुधबार राजविराजमा सम्पन्न बैठकले जिल्लाको गोली काण्ड घटनालाई लिएर एमालेका शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ ।
एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकका कारण गोली काण्ड भएको जिकिर गर्दै उनीहरुबिरुद्ध अंगभंग र कर्तव्य ज्यान बिहीबार मुद्दा हाल्ने बैठकले निर्णय गरेको हो ।
एमालेको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार जिल्लाको मलेठ गाविसमा झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।
उच्च अदालत जनकपुर इजलास राजविराज बार र सप्तरी जिल्ला वार एकाईको संयुक्त बैठकले एमाले नेतासहित तत्कालिन प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सेना, प्रहरी प्रमुख दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको उच्च अदालत जनकपुर इजलास राजविराज बारका अध्यक्ष विजय यादवले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित अभियान अन्तरगत सप्तरी आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।
बैठकले घटनाको छानबिनका लागि उच्च अदालत जनकपुरको इजलास राजविराज बार अध्यक्ष यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सहसंयोजकमा सप्तरी जिल्ला बार इकाईका अध्यक्ष रामप्रसाद चौधरी छन् भने डा. अशोकानन्द मिश्र, अधिबक्ताहरु श्यामनारायण साह लगायत सदस्य छन् ।
कानुन व्यवसायीहरुले एकल इजलासबाट सुनुवाई हुने रिट निवेदनको काम, बन्दी प्रत्यक्षीकरण र थुनछेकको आदेश तथा मुद्दाको अन्तिम हदम्यादका लिखत दर्ताबाहेकका काम स्थगित गर्ने निर्णय पनि गरेका छन् ।
सो घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव समेत घाइते हुनुभएको छ । उहाँको उपचार वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ । उहँँको पेटमा गोली लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ