News Category 2073/11/27
मृतकका परिवारलाई रोजगारी दिन मोर्चाको माँग
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल तथा सुरक्षा निकायका प्रमुखहरुको बिहीबार सम्पन्न सर्वपक्षीय वैठकबाट विभिन्न पाँच बुँदे निर्णयहरु गरेको छ ।
सम्पन्न बैठकले सप्तरी घटनमा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारीको अवसर मिलाउन तथा घटनामा प्रहरीको गोली लागि ज्यान गुमाएका मृतकलाई सहिद घोषणा र यथासीघ्र क्षतिपूर्ती उपलव्ध गराउने प्रक्रिया अघि वढाउन तथा घटनामा घाईते भएकाहरुको उपचार खर्चको व्यवस्थाको मिलाउन गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यस्तै घाईतेहरुको विवरण, नेकपा एमालेको कार्यक्रम क्रममा जिल्लामा खटिएका कति, कुन कुन प्रहरीलाई कस्ता, कति हातहतियार तथा गोली दिईएको थियो तथा उतm कार्यक्रम स्थलमा कसले कुन अवस्थामा र किन गोली चलायो जसले अनपेक्षित रुपमा मानिसको ज्यान गयो सो सम्वन्धमा आवश्यक छानविन गर्ने निर्णय गरेको छ ।
यस्तै जिल्ला स्थित एमाले नेताहरुलाई दिईएको वर्तमान सुरक्षालाई हटाउने मोर्चाको मागलाई सुरक्षा समितिमा छलफल गर्ने निर्णय समेत गरेको छ ।
यसअघि गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित नेकपा एमालेको मेची महाकाली अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको थियो ।
सो घटनामा प्रहरीको गोली प्रहारबाट मोर्चाका १५ भन्दा बढी नेता तथा कार्यकर्ता गम्भीर रुपले घाइते भएका छन् भने अन्य ५० भन्दा बढी घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ