News Category 2073/11/27
सप्तरी घटना प्रायोजित नरसम्हार ः बौद्धिक समाज
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
बौद्धिक समाज सप्तरीले सप्तरी घटना प्रायोजित ढंगले नरसम्हार गरिएको आरोप लगाउँदै प्रहरीको गोलीबाट चार जनाको मृत्युप्रति घोर भत्सर्ना गरेको छ ।
समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै लस्सप्तरीको नरसम्हार गराई सकेपछि सोही दिन एमालेद्वारा जारी गरेको विज्ञप्तीमा घटना षडयन्त्रपुर्ण रहेको हाम्रो नेताहरुको सामुहिक हत्या गराउने योजना रहेको आरोप लगाईएको गलत र कपोकल्पिक रहेको दाबी गरेको छ ।
त्यस्तै सप्तरीको घटना गराउन कुन पक्षको षडयन्त्र रहेको र एमाले नेताहरुको सामुहिक हत्या गराउने योजना कसले बनाएको हो सो स्पष्ट गरीदिन आग्रह समेत गरिएको छ ।
एमालेको मेची महाकाली अभियानको बेला बल प्रयोग नगरी संयमता कायम राख्न सुरक्षा निकायलाई निर्देशन दिएको त्यसको विपरीत गृहमन्त्रीको ठाडो आदेशमा सुरक्षाकर्मीले राजविराजमा बल प्रयोग गरेकोप्रति गृहमन्त्रिले जिम्मेवारी लिनु पर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको निर्देशन विपरीत गृहमन्त्रीले गोली प्रहार गर्न ठाडो निर्देशन दिएको वा प्रधानमन्त्री आफु चोखीन गृहमन्त्रीलाई दोषी ठहराएको तथा सो सबै तथ्य जनप्रतिनिधीको नाताले जनता समक्ष प्रष्ट गरीदिन गृहमन्त्रीसंग माग गरिएको जनाइएको छ ।
यता समाजले जिल्लाको घटनाप्रति दुःख व्यक्त गर्दै आउँदो होली पर्व खुशियालीका साथ नमनाउन सम्पूर्ण जिल्लावासीसँग आग्रह गरिएको छ ।
समाजका संयोजक ई. सुगम्बर यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा समाजका सल्लाहकार वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, सचिव अनिलकुमार अनल, डा. हेमकुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ