News Category 2073/11/28
सम्पूर्ण गाउँ विकास समितिको संरचना भंग सप्तरीमा ८ नपा र ९ गाउँपालिका, राजविराज नपाको सम्पूर्ण वडा हेरफेर
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सरकारले नेपाल भरीका गाउँ विकास समितिहरुको संरचना शुक्रबारदेखि भंग भएको घोषणा गरेको छ ।
स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गर्नुभयो ।
राजपत्रमा ७ ुय ४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको अवस्थामा गाउँपालिकाहरु भंग गरिएको हो । अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् र यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।
अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् भने गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।
नयाँ संरचना अनुसार यता सप्तरीमा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिकाहरु भएका छन् । यसअघि जिल्लामा रहेको सप्तकोशी नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको छ ।
राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका भएका छन् ।
यता राजविराज नगरपालिकामा मलेठ, फर्सैठ, हरिपुरको ६ नं. वडा, विषहरिया, को. मधेपुरा, देउरी भरुवा र दिघवा गाविसलाई समावेश गरि १५ वटा वडा बनाइएको छ भने सम्पूर्ण वडाहरुलाई हेरफेर गरिएको छ । सात वटा गाविस र साविकको राजविराज नगरपालिकाको जनसंख्यम गरि हाल ६७ हजार २ सय ६२ यस नगरपालिकामा जनसंख्या भएको छ ।
साविकको राजविराज वडा नं. २ र १० लाई समावेश गरि वडा नं. १, वडा नं. ९ लाई २, वडा नं. ४ लाई ३, वडा नं. ३ लाई ४, वडा नं. ८ लाई ५, वडा नं. ७ लाई ६, वडा नं. १ र ६ लाई ७, वडा नं. ५ लाई ८, मलेठ गाविसलाई वडा नं. ९, दिघवा गाविस र हरिपुर गाविसको वडा नं. ६ लाई १०, फर्सैठ गाविसलाई वडा नं. ११, विषहरिया गाविसको वडा नं. १, २, ३ र ९ लाई वडा नं. १२, विषहरिया गाविसको वडा नं. ४ देखी ८ सम्मलाई वडा नं. १३, को. मधेपुरा गाविसको वडा नं. ४ देखी ७ सम्मलाई वडा नं. १४ र देउरी भरुवा गाविसलाई वडा नं. १५ बनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ