News Category 2070/06/31
निर्वाचनको सम्पूर्ण तयारी पुरा ः आयुक्त यादव
दैनिक संवाददाता
राजविराज, ३० असोज ।
निर्वाचन आयोगका आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न संबिधानसभाको निर्वाचनका लागि मतपत्र छपाई बाहेक सम्पुर्ण तयारी पुरा भईसकेको बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयाुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतपत्र छपाईलाई तिब्रता दिएको बताउनुभयो ।
आगामी मंसीर ४ गतेको संबिधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड २५ लाख मतपत्र छपाईको काम शुरु भईसकेको जानकारी दिनुहुँदै आयुक्त यादवले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्रमध्ये ९० लाख मतपत्र छपाई भईसकेको र ६० लाख मतपत्र अझै छपाई हुने बताउनुभयो ।
कुल २ सय ४० वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुटै मतपत्र छपाईको काम शुरु भईसकेकोले छपाई हुने बितिकै ढुवानी थालिने जानकारी दिनुहुँदै आयुक्त यादवले निर्वाचन आचार संहिताको आयोगद्वारा मुलुकभरी अनुगमन भईरहेको बताउनुभयो ।
मुलुक निर्वाचनमय बनिसकेकोले निर्वाचनमा सहयोग गर्न नेकपा–माओवादी लगायतका असन्तुष्ट दलहरुसँग आग्रह गर्नुहुदै उहाँले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ