News Category 2073/11/28
सप्तरी घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, आज शवयात्रा
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
मोर्चा र प्रहरीबीच सोमबार सप्तरीमा झडप हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पछिल्लो पटक सप्तरीको जमुनी मधेपुरा १ निवासी ५० वर्षिय इन्द्रदेव यादवको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
यसअघि सो घटनामा सप्तरीको मलेठ २ निवासी २२ वर्षिय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मलेठ २ का ४५ वर्षिय बिरेन्द्र मेहता, मलेठ ४ का ६० वर्षिय पिताम्बर लाल मण्डल र सप्तरीको प्रसबनी गाविस ४ निवासी ३५ वर्षिय स्वास्थ्यकर्मी आनन्द साहको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
नेकपा एमालेको मेचिमहाकाली अभियानका क्रममा फागुन २३ गते सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सभा भइरहेको समयमा मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीले मलेठ गाविसमा गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । सो गोली प्रहारबाट गम्भिर घाइते भएका चार जनाको धरानमै उपचार भइरहेको छ ।
यसैबीच पाँचै जनाको शव शुक्रबारै राजविराज ल्याउने तयारी भइरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिदै शनिबार शवयात्रा गरिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ