News Category 2073/11/28
मोर्चा कार्यकर्ताद्वारा बसमा आगजनी, प्रदर्शन जारि
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राती सप्तरीको मलेठ गाविसस्थित सडक खण्डमा एक यात्रु बाहक बसमा आगजनी गरेका छन ।
सोमबार सप्तरीमा प्रहरीले गोली चलाएको स्थानमै मोर्चाका कार्यकर्ताहरुले बिरगन्जबाट राजविराजतर्फ आउँदै गरेको ना. ५ ख. ६७१३ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन । सो घटनामा चार जनाले ज्यान गुमाउनु परेको छ ।
सो आगजनीबाट बस पूर्ण रुपले जलेको छ । बसका यात्रुहरुलाई ओरालेर सोही बसमा रहेको डिजल र पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आह्वानमा अनिश्चितकालिन बन्दको शुक्रबार पाँचौं दिन पनि प्रदर्शन जारि रहेको छ भने संघीय गठबन्धनले आह्वान गरेको एक दिने नेपाल बन्दको पूर्ण प्रभाव परेको छ ।
यहाँबाट कुनै सवारीसाधन चलेका छैनन् भने पसल, कलकारखाना, उद्योग, बजार समेत बन्द रहेको छ । जिल्लाको भारदह, कंचनपुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा मोर्चाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ