News Category 2073/11/29
सरकारबाट समर्थन फिर्ता, आन्दोलनको विकल्प छैन् ः उपेन्द्र, राजेन्द्र, अनिल
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध विभिन्न दलका केन्द्रिय अध्यक्षहरुले सरकारबाट समर्थन फिर्ता भइसकेको भन्दै अब आन्दोलन बाहेकको कुनै विकल्प नरहेको बताएका छन् ।
सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनाप्रति शनिबार राजविराजमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आउनु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशी बिरुद्ध भएको विभेदप्रति आन्दोलन नै अन्तिम विकल्प भएको बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनता कहिले मुक्तिको संघर्षबाट पछाडी नहट्ने दाबी गर्दै सरकारबाट समर्थन फिर्तामा औपचारिकता मात्र बाँकी रहेको प्रष्ट पार्नुभयो ।
त्यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदको सपना साकार पार्न संघर्ष नै अन्तिम विकल्प रहेको भन्दै सात दिनमा सरकारबाट समर्थन स्वतः फिर्ता हुने बताउँनुभयो । उहाँले सरकारलाई दिएको समय समाप्त हुना साथ शान्तिपूर्ण तथा कठोर आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।
त्यसैगरि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताउँदै सरकारलाई दिएको समयावधीपछि संघर्षलाई नै अगाडी बढाउने उद्घोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ