News Category 2073/11/30
मैसापद्वारा दुःखको घडीमा होली नमनाउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको मैथिली साहित्य परिषद्ले भत्र्सना गरेको छ ।
परिषदका अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्नुभएको हो ।
नेकपा एमालेका मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिषरमा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरी आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा मलेठ २ निवासी सञ्जन मेहता, मलेठ–४ निवासी पीताम्बर मण्डल, विरेन्द्र महतो, प्रसवनी–४ टेंगरी निवासी सिनियर अहेव आनन्द कुमार साह र जमुनी मधेपुरा–२ निवासी ईनरदेव यादवले सहादत प्राप्त गरेको तथा करिब तीन दर्जन घाइते भएको घटनाले परिषद् मर्माहत भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा मैथिली भाषा, साहित्य एवम् कला–संस्कृतिप्रति समर्पित परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दै आएको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जनाउँदै शोकको माहौलमा कुनै पनि उल्लासमय कार्यक्रम आयोजना गर्नु अशोभनीय भएकोले यस वर्ष होली पर्व नमनाउने निर्णय गरिएको जनाईएको छ ।
यसैगरी जनकपुरको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष विशेष महत्वकासाथ आयोजना गर्दैआएको महामुर्ख सम्मेलनलगायतका ऐतिहासिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु स्थगन गरेकोमा प्रशंसा गर्दै संस्था तथा मैथिली अभियानीहरुप्रति आभारसहित विज्ञप्तिमार्फत धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको ईश्वरसँग कामना गर्दै शोकाकुल परिवारजनप्रति परिषद्ले हार्दिक समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै निहत्था एवम् निर्दोष जनतामाथि गरिएको अमानवीय कार्यको भत्र्सना गर्दै परिषद्ले दोषीमाथि कडा कार्वाहीको समेतको माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ