News Category 2073/12/02
सप्तरीमा स्थानीय तह पुनःसंरचनाको काम सुरु अब नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत कार्यालय प्रमुख हुनेछ
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचना भई काम सुरु भएको छ । जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिनुका साथै गाभिएका नगरपालिकामा नयाँ संरचना अनुरूप काम थालिएको हो ।
यता जिल्ला समन्वय समिति सप्तरीमा ८ वटै नयाँ नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
यसअघि सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।
यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ भने कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका कायम गरिएको छ ।
राजविराज नगरपालिकामा मलेठ, फर्सैठ, हरिपुरको ६ नं. वडा, विषहरिया, को. मधेपुरा, देउरी भरुवा र दिघवा गाविसलाई समावेश गरि १५ वटा वडा बनाइएको छ भने सम्पूर्ण वडाहरुलाई हेरफेर गरिएको छ । सात वटा गाविस र साविकको राजविराज नगरपालिकाको जनसंख्यम गरि हाल ६७ हजार २ सय ६२ यस नगरपालिकामा जनसंख्या भएको छ ।
साविकको राजविराज वडा नं. २ र १० लाई समावेश गरि वडा नं. १, वडा नं. ९ लाई २, वडा नं. ४ लाई ३, वडा नं. ३ लाई ४, वडा नं. ८ लाई ५, वडा नं. ७ लाई ६, वडा नं. १ र ६ लाई ७, वडा नं. ५ लाई ८, मलेठ गाविसलाई वडा नं. ९, दिघवा गाविस र हरिपुर गाविसको वडा नं. ६ लाई १०, फर्सैठ गाविसलाई वडा नं. ११, विषहरिया गाविसको वडा नं. १, २, ३ र ९ लाई वडा नं. १२, विषहरिया गाविसको वडा नं. ४ देखी ८ सम्मलाई वडा नं. १३, को. मधेपुरा गाविसको वडा नं. ४ देखी ७ सम्मलाई वडा नं. १४ र देउरी भरुवा गाविसलाई वडा नं. १५ बनाइएको छ ।
अब नयाँ संरचना अनुसार नगरपालिकाहरुमा उपसचिव र गाउँपालिकाहरुमा अधिकृतहरु कार्यालय प्रमुख रहने व्यवस्था रहेको छ ।
सप्तकोसीमा तालाबन्दी
यसैबीच नगरपालिकाको सम्पूर्ण संरचना पूरा भईसकेको अवस्थामा सप्तकोसी नगरपालिकालाई गाउँपालिकामा झारेको भन्दै स्थानीयहरुले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले फत्तेपुरस्थित सप्तकोसी गाउँपालिकाको कार्यालयमा मंगलवार तालाबन्दी समेत गरेका छन् ।
सप्तकोसी नगरपालिका भई कामकाज भईरहेको र नगरपालिकाकालागि जग्ग खरीदसहितका सम्पूर्ण काम भईसकेको अवस्थामा नगरपालिकाबाट गाउँपालिकामा झार्नु काम आफूहरुलाई स्वीकार्य नभएको स्थानीयहरुको भनाई छ । ‘हामीहरुलाई पुरानै नगरपालिका चाहिएको छ, हामी गाउँपालिकामा बस्दैनौं’, स्थानीय अशोक चौधरीले भन्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ