News Category 2073/12/02
सप्तरीमा स्थानीय तह पुनःसंरचनाको काम सुरु अब नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत कार्यालय प्रमुख हुनेछ
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचना भई काम सुरु भएको छ । जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिनुका साथै गाभिएका नगरपालिकामा नयाँ संरचना अनुरूप काम थालिएको हो ।
यता जिल्ला समन्वय समिति सप्तरीमा ८ वटै नयाँ नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
यसअघि सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।
यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ भने कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका कायम गरिएको छ ।
राजविराज नगरपालिकामा मलेठ, फर्सैठ, हरिपुरको ६ नं. वडा, विषहरिया, को. मधेपुरा, देउरी भरुवा र दिघवा गाविसलाई समावेश गरि १५ वटा वडा बनाइएको छ भने सम्पूर्ण वडाहरुलाई हेरफेर गरिएको छ । सात वटा गाविस र साविकको राजविराज नगरपालिकाको जनसंख्यम गरि हाल ६७ हजार २ सय ६२ यस नगरपालिकामा जनसंख्या भएको छ ।
साविकको राजविराज वडा नं. २ र १० लाई समावेश गरि वडा नं. १, वडा नं. ९ लाई २, वडा नं. ४ लाई ३, वडा नं. ३ लाई ४, वडा नं. ८ लाई ५, वडा नं. ७ लाई ६, वडा नं. १ र ६ लाई ७, वडा नं. ५ लाई ८, मलेठ गाविसलाई वडा नं. ९, दिघवा गाविस र हरिपुर गाविसको वडा नं. ६ लाई १०, फर्सैठ गाविसलाई वडा नं. ११, विषहरिया गाविसको वडा नं. १, २, ३ र ९ लाई वडा नं. १२, विषहरिया गाविसको वडा नं. ४ देखी ८ सम्मलाई वडा नं. १३, को. मधेपुरा गाविसको वडा नं. ४ देखी ७ सम्मलाई वडा नं. १४ र देउरी भरुवा गाविसलाई वडा नं. १५ बनाइएको छ ।
अब नयाँ संरचना अनुसार नगरपालिकाहरुमा उपसचिव र गाउँपालिकाहरुमा अधिकृतहरु कार्यालय प्रमुख रहने व्यवस्था रहेको छ ।
सप्तकोसीमा तालाबन्दी
यसैबीच नगरपालिकाको सम्पूर्ण संरचना पूरा भईसकेको अवस्थामा सप्तकोसी नगरपालिकालाई गाउँपालिकामा झारेको भन्दै स्थानीयहरुले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले फत्तेपुरस्थित सप्तकोसी गाउँपालिकाको कार्यालयमा मंगलवार तालाबन्दी समेत गरेका छन् ।
सप्तकोसी नगरपालिका भई कामकाज भईरहेको र नगरपालिकाकालागि जग्ग खरीदसहितका सम्पूर्ण काम भईसकेको अवस्थामा नगरपालिकाबाट गाउँपालिकामा झार्नु काम आफूहरुलाई स्वीकार्य नभएको स्थानीयहरुको भनाई छ । ‘हामीहरुलाई पुरानै नगरपालिका चाहिएको छ, हामी गाउँपालिकामा बस्दैनौं’, स्थानीय अशोक चौधरीले भन्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ