News Category 2073/12/02
चैत १३ गते औद्योगिक क्षेत्रमा श्रद्धाञ्जली सभा, मोर्चाद्वारा शहिद परिवारलाई किरया खर्च प्रदान
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत २ गतेदेखि १२ गतेसम्म जिल्लाको सदरमुकामका साथै विभिन्न बजार तथा चौकहरुमा शोक सभा गर्ने निर्णय गरेको छ ।
संयुक्त लोकतान्त्रिक संयुक्त मोर्चा सप्तरीको मंगलबार सम्पन्न बैठकले जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमान नगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा शोक सभा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा जिल्ला स्तरीय श्रद्धाञ्जली सभाको आयोजना गर्ने र सो श्रद्धाञ्जली सभामा संयुतm लोकतान्त्रिक मधेशी मोर्चा निकट दलका राष्ट्रिय अध्यक्षहरुको उपस्थिती रहने जनाइएको छ ।
यस्तै स्थानीय स्तरमा अन्य विरोधका कार्यक्रम अन्तरगत पुतला दहन, दीप प्रज्वलन, विरोध सभा, रयालीहरुको आयोजना गर्ने, विरोध प्रदर्शन तथा भण्डाफोर अभियान जारी राख्ने निर्णय समेत गरिएको छ ।
यसैबीच संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले पाँचै शहीद परिवारलाई किरिया खर्च वापत प्रति परिवार रु. ५१ हजारको दरले दिएको जनाउँदै मधेश आन्दोलनको शहीद परिवार तथा घाईते कोष स्थापना गर्ने निर्णय गसमेत गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले सप्तरी घटनामा आन्दोलनकारीहरुमाथि नरसंहार गरी सप्तरी का ५ जना सपुतको हत्या गरी, दर्जनौ लाई गोली हानी घाईते वनाएको प्रति मोर्चा घोर भत्र्सना एवं निन्दा गरेको छ ।
शहादत दिनु भएका सम्पूर्ण वीर शहीदहरुप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई अझ बढी उचाई प्रदान गर्दै निर्णायक आन्दोलनको रुपमा रुपान्तरित गर्न र अझ बढी शसक्त बनाउन मोर्चाले निर्णयहरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ