News Category 2070/07/01
म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ
दैनिक संवाददाता
राजविराज, ३१ असोज ।
म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ ।
२५ वर्षीया ती महिलालाई सप्तरीको रुपनगर ९ निवासी २३ वर्षिय बालेश्वर यादव, सोही गाविस ८ निवासी २४ वर्षिय राजेशवर सरदार र बदगामा ३ निवासी २४ वर्षिय राजनारायण यादवले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
तीनै जनाले म्यादी प्रहरी भर्नाका लागि आएकी २५ वर्षीय ती महिलालाई गत बुधबार राती राजविराज नगरपालिका १ स्थित नेपाल टेलिकमको कार्यालयमा बलात्कार गरेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
राति १० बजे टेलिकम कार्यालयबाट रुँदै निस्किएकी पीडितलाई म्यादी प्रहरी भर्नाको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेको सई श्याम सुवेदीको प्रहरी टोली र स्थानीयवासीले सोधपुछ गर्दा पीडितले आफू बलात्कृत भएको बताएकी थिइन् ।
म्यादी प्रहरीमा भर्ना हुन आएकी ती महिलालाई होटल वा लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरिएको पीडितद्वारा बिहीबार प्रहरीमा दिइएको उजुरी उल्लिखित छ ।
पीडित महिलाले उजुरी दिएपछि बलात्कारको आरोपमा प्रहरीले बिहीबार राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ