News Category 2073/12/04
सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय मानवअधिकार आयोगलाई मोर्चाको अनुरोध
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याइदिन राष्ट्रिय मानवअधिकार आयोगसँग अनुरोध गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा घटनाको छानबिनको माँग गर्दै आयोगको दुईवटा गाडीमा गरिएको तोडफोड प्रति दुःख व्यक्त गरिएको छ ।
जारि विज्ञप्तिमा फागुन २३ गते नै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र एमालेका कार्यक्रम भइरहँदा बाहिर प्रहरीले गोली प्रहार गरिरहेको बेला राष्ट्रिय मानवअधिकार आयोगको टोली भाषण सुन्न व्यस्त रहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “टोलीमा सहभागी नवलकिशोर सिंह, रेवा रेग्मीसहितका चार जना बाहिर गोली चलिरहँदा समेत एमाले नेताहरुको भाषण सुन्न व्यस्त रहेकोमा टोलीका प्रतिनिधीहरु शायद बाहिर भएको भए पाँच जनाको ज्यान जाने थिएन भन्ने महसुस गरेका छौं ।”
संचार माध्यममा आयोगका प्रतिनिधीहरु भाषण सुन्न व्यस्त रहेको भनी संचार माध्यममा आउँदा आक्रोशित भिंडले फागुन २४ गते आयोगको बा.५च ७४७३ नम्बरको गाडी तोड्फोड गरेको विज्ञप्तिम जनाउँदै यसको दुई दिनपछि फागुन २६ गते मलेठ घट्नाबारे बुझ्न आएका आयोग सदस्य एवं प्रबक्ता मोहना अन्सारी सबार गाडीमा पनि मलेठ गाविसमै आक्रोशित भिंडले ढुँगा प्रहार गरी गाडी तोड्फोड गरेको घट्नाप्रति चिन्तित भएको उल्लेख छ ।
साथै विज्ञप्तिमा पुरै मलेठ गाउँ शोकसहित आक्रोश भएको बेलामा आयोग सदस्य अन्सारी प्रहरी, प्रशासन र मोर्चासँग समेत कुनै समन्वय नगरी मलेठ गाउँ पुगेपछि आक्रोशित गाउँलेले ढुँगा प्रहार गरेको मोर्चाको बुझाई रहको भन्दै आगामी दिनमा यस किसिमको घट्ना हुन नदिनका निम्ति मोर्चा सचेत रहने विश्वास दिलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ