News Category 2073/12/06
सप्तरीको ८ नगरपालिका र ९ गाउँपालिकामा अधिकृत तोकियो
राजविराज÷सरकारले पाँच उपमहानगरसहित १ सय ७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।
नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १ सय ७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।
सप्तरीका ८ वटै नगरपालिकामा मध्ये राजविराज नगरपालिकामा उमेश कुमार यादव, कंचनरुप नगरपालिकामा धिरेन्द्र कुमार यादव, शम्भुनाथ नगरपालिकामा विष्णु प्रसाद न्यौपाने, डाक्नेश्वरी नगरपालिकामा रामनारायण साह, बोदेबर्साइन नगरपालिकामा शम्भु प्रसाद साह, खडक नगरपालिकामा रन्जित कुमार यादव, सुरुङ्गा नगरपालिकामा प्रमोद कुमार साह र हनुमाननगर कंकालिनी नगरपालिकामा सुरेन्द्र यादवलाई खटाएको छ ।
यता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा खटाएको छ ।
यता शुक्रबारै जिल्ला समन्वय समिति सप्तरीमा ९ वटा गाउँपालिकाहरुमा कार्यकारी अधिकृतहरु तोकिसकेको छ ।
सप्तरीका ९ गाउँपालिका मध्ये कृष्णासवरन गाउँपालिकाका लागि राजिव कुमार झा, छिन्नमस्ता गाउँपालिकाका लागि प्रमोद कुमार चौधरी, महदेवा गाउँपालिकाका लागि कल्पना अर्याल, सप्तकोशी गाउँपालिकाका लागि राजेन्द्र प्रसाद पोखरेल, तिरहुत गाउँपालिकाका लागि शोभा दाहाल कर्ण, तिलाठी कोइलाडी गाउँपालिकाका लागि राम सुन्दर थापा, बेल्हीचपेना गाउँपालिकाका लागि विकास रजक, रुपनी गाउँपालिकाका लागि रिनु थपलिया र विष्णुपुर गाउँपालिकाका लागि सरोज कुमार चौधरीलाई कार्यकारी अधिकृत तोकिएको हो ।
यसअघि गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचनालाई जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ