News Category 2073/12/07
मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक स्थगित, सप्तरीमा १५ राजनीतिक दल दर्ता
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक मोर्चाका नेताहरुको आग्रहमा स्थगित भएको छ ।
प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार सम्पन्न बैठकमा मोर्चा, सतारुढ माओवादी केन्द्र र राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन हुन सक्ने अबस्था नरहेको बताउदै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
राजनैतिक दलको आग्रहमा बैठक स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । सो बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधी अनुपस्थित थिए ।
यता जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले २०७३ फागुन ९ गतेसम्ममा सप्तरीमा ३ लाख ३९ हजार ६ सय ५ जनाको मतदाता संख्या दर्ता भएको जानकारी दिनुभयो । त्यसमध्ये १ लाख ७३ हजार ७ सय ४ महिला, १ लाख ७५ हजार ८ सय ७३ पुरुष र २५ जना तेश्रोलिङ्गी रहेको जानकारी दिनुभयो ।
यस्तै जिल्लामा १५ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । दल दर्ता गराउने पार्टीहरुमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी माले, संघीय समाजवादी फोरम नेपाल, बहुजन शक्ति पार्टी, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल मजदुर किसान पार्टी र नेपाली जनता दल रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ