News Category 2073/12/08
रावि नपाको सीमांकन सच्याउनु पर्ने माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
राजविराज नगरपालिकाको त्रृटीपुर्ण सीमालाई सच्याउने माँग गर्दै सोमबार राजविराज नगर सिमांकन सुधार संघर्ष समितिले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
संघर्ष समितिका संयोजक शैलेश कुमार चौधरीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सोमबार ज्ञापन पत्र बुझाएको हो ।
बुझाइएको ज्ञापन पत्रमा नयाँ संरचनामा पूर्वमा खाँडो खोला भन्दा पश्चिम उत्तरमा बसविटी गाबिसको सीमादेखि दक्षिण औद्यौगिक क्षेत्र समेत पर्नेगरी पश्चिममा घोडदह नदीदेखि पूर्वसम्म र दक्षिणमा ईटहरी विष्णुपुर गाबिसको नहरदेखि उत्तरको सिमा समेटने गरी नयाँ सीमा कायम गर्नुपर्ने तथा नगरपालिकाका लागि उपयुक्त हुने विभिन्न गाबिसहरु समाहित र अनउपयुक्त हुने गाबिसहरु अलग्याई नयाँ र व्यवस्थित ढंगले नगरको सीमा निर्धारण गर्नुपर्ने माँग गरिएको छ ।
त्यस्तै केही नेता र सांसदको स्वार्थ र ब्यक्तिगत लाभका लागि हावादारी र अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक रुपमा सिमांकन हेरफेर र गाबिस थपघट गरिएकोमा संघर्ष समितिको असन्तुष्टि रहेको जनाइएको छ ।
ज्ञापनमा अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक ढंगले गरिएको राजविराज नगरपालिकाको नयाँ संरचनाले नगरवासीहरुलाई मात्र नभई सिंगो सप्तरीबासीलाई नै चकित र दुःखित बनाएको जनाउँदै नयाँ तय गरिएको संरचनाले यस नगरलाई झन कमजोर बनाउने निश्चित देखिएको ठहर गरिएको छ ।
यस्तै राजविराज नगरपालिकाको वडाहरु गाभिएकोलाई साविक बमोजिम नै कायम हुनुपर्ने, गाबिस बिषहरीया वडा न. १ देखि ८ सम्म हटाउनुपर्ने, दिघवा गाबिसको वडा न. ४, ५, ६ र ९ हटाउनुपर्ने, हरीहरपुर गाबिसको वडा न. ६ हटाउनुपर्ने, को.मधेपुरा गाबिसको वडा न. ४, ५, ६ र ७ हटाउनुपर्ने तथा देउरी भरुवाको वडा न. ५, ६, ७ र ८ हटाउनुपर्ने माँग समेत बुझाईएको ज्ञापन पत्र मार्फत गरिएको छ ।
यसअघि नगरबासीको बसेको बृहत भेलाले पूर्वमेयर चौधरीको संयोजकत्वमा १ हजार १ सय १ सदस्य रहनेगरी राजविराज सिमांकन सुधार संघर्ष समिति गठन गरिएको थियो । गठित समितिले सिमांकन नसच्याए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ