News Category 2073/12/08
जुडो प्रशिक्षक चौधरीको निधन
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
जिल्ला खेलकुद विकास समिति अन्तर्गत जुडो खेलका प्रमुख प्रशिक्षक चन्द्र नारायण चौधरीको आईतबार दिउँसो निधन भएको छ ।
राजविराज नगरपालिका २ चनौरा पडरिया निवासी ५१ वर्षिय चौधरीको आइतबार दिउँसो उपचारका क्रममा बिराटनगरस्थित कोशी अंचल अस्पतालमा निधन भएको हो । उहाँ विगत ५ वर्षदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
यसैबिच स्व. प्रशिक्षक चौधरीको पार्थिक शरीरमा जुडो संघका केन्द्रिय अध्यक्ष दिपक हर्षब्रजाचार्यले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
बहु प्रतिभाशाली चौधरीको सोमबार हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको जुडो खेलका भोलेन्टियर प्रशिक्षक नवनित झाले जानकारी दिनुभयो ।
स्व. चौधरी जुडोका साथै एथलेटिक्स, भलिवल तथा बिरेन्द्र शिल्डमा अग्रहणिय भुमिका निर्वाह गर्दै आउनुभएको थियो । चौधरीको एक छोरा र दुई छोरी रहेका छन ।
यस्तै नेपाल खेलकुद विकास समितिका सदस्य सचिव र सप्तरी जुडो संघका अध्यक्ष आनन्द झाले शोक ब्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ