News Category 2073/12/09
विद्यार्थीद्वारा नै विद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
विद्यालयको शैक्षिक अवस्था सुधारको माँग गर्दै सप्तरीको कोचाबखारी गाबिसस्थित जनता मावि खुदीबखारी कुपहीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।
आक्रोशित विद्यार्थीहरुले ६ वटै घण्टी नियमित रुपमा संचालन हुनुपर्ने, विद्यालयका आवश्यक चौतिक पुर्वाधार बेन्च, डेस्क, टेबुल सहितको अभावमा छात्रछात्राहरुलाई पठन पाठनमा समस्या भईरहेको भन्दै भौतिक पुर्वाधारको व्यवस्था मिलाउनुपर्ने, विद्यालयका प्रअ जवाहरलाल यादव महिनौ दिनसम्म विद्यालयमा अनुपस्थित रहेकोले विद्यालयका प्रअ नियमित रुपमा आउनुपर्ने, नेपाली, अंग्रेजी, सामाजिक शिक्षा, जनसंख्या लगायतका विषयका विषयगत शिक्षक शिक्षिकाहरुको दरबन्दी अनुसारको नियुक्ति हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति अविलम्व चयन हुनुपर्ने लगायतका विद्यालय सुधारको माँग गर्दै त्यहाँका विद्यार्थीहरुले विद्यालयका अनिश्चितकालिन तालाबन्दी गरेको विद्यालयका छात्र प्रदीप कुमार मण्डलले जानकारी दिनुभयो ।
यसअघि पनि सो विद्यालयको यस्तो दयनिय अवस्थाप्रति विद्यार्थीहरुले विद्यालयको सुधारका लागि पटक पटक विद्यालयका प्रअ तथा सम्बन्धित निकायलाई गुनासो गर्दा पनि हालसम्म कुनै चाँसो नदेखाएको भन्दै आक्रोशित विद्यार्थीहरुले विद्यालय कार्यालय तथा मुल गेटमा तालाबन्दी गरेको कक्षा ८ मा अध्ययनरत बसन्त कुमार ठाकुरको भनाई रहेको छ ।
यता विद्यार्थीहरुको जाँयज माँग सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने विद्यार्थीहरुको कथन रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ